आज नेप्से ५६ अंकले बढ्यो

काठमाडौँ, २९ मंसिर । आज सोमबार नेप्से  ५६.७२ अंकले वृद्धि हुँदा २०६७.१७ अंकमा बन्द भएको छ ।

जुन यही मंसिर १७ गतेपछिकै उच्च हो ।  आज कारोबारमा पुनः उत्साह थपिँदा ७ अर्ब माथिको कारोबार भएको छ ।   सोमबार नेप्सेमा ५७ हजार ०८७ वटा कारोबारमा २०२ कम्पनीको १ अर्ब  २८ करोड ८८ लाख ०६६ हजार कित्ता सेयर किनबेच हुँदा ७ अर्ब  २० करोड ४१ लाख ३७ हजारको कारोबार भएको छ । 

कोभिड १९ को कारण बैंकहरुमा अधिक तरलता रहेको छ भने ब्याजदर कम हुँदा लगानीकर्ताको पुँजीको लागत घटेको छ ।  त्यस्तै बैंकहरुले बैंक तथा वित्तीय संस्थामा लगानी गर्न नपाउने नियामकीय व्यवस्थाका वित्तीय क्षेत्रबाहेकमा लगानी बढाउँदा बैंक तथा वित्तीय संस्थाबाहेक अन्य सूचीकृत कम्पनीको सेयर मूल्य बढेको छ । आइतबार बैंकिङ समूहका सूचकले केही बजार तानेपछि सोमबार लगानीकर्ता जीवन बिमा र लघुवित्तको साथै अन्य र निर्जीवन बिमातर्फ मोडिएका छन् । 

त्यस्तै व्यापार समूहका कम्पनीको पनि सेयर मूल्य बढेको छ ।  आज नेप्सेमा हाइड्रोपावरबाहेक सबै समूहको सूचकमा हरियाली देखिएको छ ।  व्यापार र जीवन बिमा समूहको सूचक ८ प्रतिशत माथिले वृद्धि हुँदा लघुवित्तको सूचक पनि ४.४३ प्रतिशतले बढेको छ ।  त्यस्तै निर्जीवन बिमा र अन्यको सूचक करिब ४ प्रतिशले बढेको छ । जसले गर्दा सबैभन्दा ठुलो हिस्सा रहेको बैंकिङ समूहको सूचक १.४९ प्रतिशतले बढे पनि नेप्से २.८२ प्रतिशतले बढेको छ ।  कारोबार रकममा बजारको नेतृत्व गरेको नेपाल लाइफ इन्स्यारेन्सको सेयर मूल्य ९.९८ प्रतिशतले वृद्धि भएर सर्किट लेभलमा बन्द भएको छ ।  कम्पनीको करिब ७५ करोडको सेयर किनेबेच भएको छ ।  त्यस्तै नेपाल पुनर्बिमाको ४६ करोड र नेशनल लाइफको ४२ करोड भन्दा माथिको सेयर किनबेच भएको छ । 

आज नेप्सेमा कारोबारमा आएकामध्ये १५ कम्पनीको सेयर मूल्य ९ देखि १० प्रतिशतले बढेको छ ।  जसमध्ये साल्ट ट्रेडिङ कर्पोरेसन र नारायणी विकास बैंकबाहेक अरु सबै बिमा र लघुवित्त कम्पनी छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

नयाँ दिल्ली, ६ बैशाख । बलिउड अभिनेत्री शिल्पा शेट्टीको पति राज कुन्द्राको ९७ करोड भारुको  सम्पत्ति जफत गरिएको छ ।

काठमाडौँ, ५ बैशाख । गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छन् । उनले बुधबार बागलुङ निवासी प्रेमी विष्णु सापकोटासँग परम्परागत

काठमाडौँ, ५ बैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्यालले फिल्म ‘द रेड सुट्केस’ हेरेका छन् । उनले मंगलबार

काठमाडौँ, ५ बैशाख । फिल्म ‘होस्टेल’को तेस्रो भाग ‘होस्टेल–३’ बन्ने भएको छ । फिल्मको तेस्रो भागलाई सशान कँडेलले निर्देशन गर्नेछन्