सेयर बजार ४६ अंकले बढ्यो

काठमाडौँ, २८ मंसिर । आज बजार परिसूचक नेप्से ४६.४३ अंकले बढेर २ हजार १० दशमलव ४५ विन्दुमा पुगको हो । आज बजारमा ४ अर्ब ८९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । 

आइतबार बैंकिङ क्षेत्र ३.१९ प्रतिशत, उत्पादनमूलक क्षेत्र ५.९९ प्रतिशत तथा जीवनबीमा क्षेत्र ४.३७ प्रतिशतले बढ्दा बाँकी ९ उपसूचमध्ये व्यापारमूलक, होटल र हाइड्रोपावरको उपसूचक घटेका छन् भने बाँकी उपसूचकहरु भने बढेका छन् । 

आइतबार बजारमा कारोबार भएका कम्पनीमध्ये १ सय २४ वटाको मूल्य बढेको छ । ३० वटा कम्पनीको मूल्य घट्दा १९ वटा कम्पनीको मूल्य बराबर रहेको छ । यो दिन नेपाल लाइफ इन्स्योरेन्सको ६७ करोडको सर्वाधिक कारोबार भयो । सबैभन्दा बढी कमाउने महुली लघुवित्त, साधना लघुवित्त, नारायणी विकास बैंक र हिमालयन डिस्टिलरीको मूल्य ९ प्रतिशतभन्दा बढी  रहँदा ५ प्रतिशत मूल्य घटेको अपर तामाकोशीको सबैभन्दा बढी गुमाउने कम्पनी बनेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गायक महेन्द्र राई र गायिका दिपा तामाङको ‘जोडि मिल्छ च्याटै’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको

काठमाडौँ, १६ चैत । यशराज फिल्म्को जासूस ब्रह्माण्डमा भिलेनको रुपमा बबी देओल देखिंदैछन् । डेडलाइन म्यागजिनको रिपोर्टअनुसार उनी आलिया भट्ट

काठमाडौँ, १५ चैत । महिला राष्ट्रिय फुटबल टिमकी खेलाडी एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’को प्रदर्शन मिति तय भएको

काठमाडौँ, १५ चैत । मिस नेपाल २०२४ को आवेदन खुला भएको छ । द हिडन ट्रेजरले बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै