काठमाडौँ, २८ मंसिर । साधना लघुवित्तले लाभांश घोषणा गरेको छ । मंसिर २५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
लघुवित्तले २०७७ असार मसान्तमा कायम चुक्ता पुँजीको २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांशमध्ये १९ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभाश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको लागि वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ ।





