एक सिलिन्डरको मूल्य चौध हजार

काठमाडौँ, २७ मंसिर । हुम्लामा एक सिलिन्डर ग्यासको मूल्य १४ हजार रुपियाँमा बिक्री हुने गरेको छ ।

मुगुको गमगढीबाट हुम्लाको सदरमुकाम सिमकोटसम्म पैदल ढुवानी गरेर ल्याउनुपर्ने भएपछि मूल्य आकाशिएको हो ।

सिमकोट बजारका बासिन्दा नन्दकुमार सिंहले एक ग्यास सिलिन्डरको मूल्य १४ हजार तिरेको बताए । विद्युत् नियमित नहुने, दाउरा बाल्दा महँगो पर्ने भएपछि ग्यासको जोहो गर्दा ग्यासको मूल्य चर्को तिर्नुपरेको उनको भनाइ छ । पैसा बढी परे पनि सहज हुने भएको कारण हुम्लामा ग्यास चुलोप्रति आकर्षण बढ्दै गएको छ । हवाईजहाजमा ल्याउन नमिल्ने र खच्चडमा ढुवानी गरेर हुम्लामा ग्यास सिलिन्डर भित्रिने गरेको छ ।

ग्यास व्यापारी लोकेन्द्र शाहीले हुम्लामा ग्यास महँगो पर्नुको कारण पाँच दिन पैदल लगाएर ढुवानी गर्नु रहेको बताउन्छन् । उनले अग्रिम अर्डर भएपछि मात्र मुगुबाट ग्यासका सिलिन्डर झिकाउने गरेको बताए ।

अर्कोपटक ग्यास भर्नुपर्दा नौ हजार रुपियाँ लाने गरिन्छ । सिलिन्डर व्यापारीलाई फिर्ता दिने र अर्को भरी सिलिन्डर ग्राहकलाई दिने गरिन्छ । हुम्लामा ७० जना ग्यास चुलो प्रयोग गर्ने ग्राहक रहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ फागुन । नेपाल राष्ट्र बैंकले आज शनिबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate

काठमाडौँ, २१ फागुन । नगदरहित कारोबारलाई विस्तार गर्दै देशभर सहज डिजिटल कारोबारको प्रोत्साहन गर्ने उद्देश्य अनुरुप यस एन आई सी

काठमाडौँ, २१ फागुन । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन तोलामा ९ सयले

जुम्ला, २१ फागुन । जुम्लामा गत वर्षको तुलनामा यस वर्ष स्याउ उत्पादनमा दोब्बर गिरावट आएको छ । यहाँको जुम्ली स्याउको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021