ग्लोबल आइएमई बैंकको ‘कर्पोरेट पे’ प्रणाली सुरू

काठमाडौँ, २६ मंसिर । ग्लोबल आइएमई बैंकले पनि ‘कर्पोरेट पे’ प्रणाली शुरु गर्ने भएको छ । बैंकले आफ्नो संस्थागत ग्राहकहरुका लागि बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेट पे’ प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग सम्झौता गरेको हो । सम्झौतामा बैंकका वित्तीय स्रोत व्यवस्थापन विभाग प्रमुख शान्ता सिवाकोटी र क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गर्नुभएको हो ।

बैंकले आफ्ना व्यावसायिक ग्राहकहरुलाई प्रदान गर्ने उक्त डिजिटल प्ल्याट्फर्म मार्फत ग्राहकहरुले बैंकमा नगई फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानीहरु सजिलै गर्न सक्नेछन् । त्यस्तै, उक्त प्रणाली मार्फत connectIPS अथवा NCHL-IPS मा रियल–टाइम वा नन–रियलटाइममा भुक्तानी कारोबारहरु गर्न सकिनेछ ।

यस प्रणालीमा पहुँच पाउन multi-layer authenticatio को सुरक्षित व्यवस्था गरिएको छ । साथै ग्राहकले आफ्नो आवश्यकता अनुरुप यस प्रणालीमा एक भन्दा बढी बैंक खाताहरु पनि लिंक गरी कारोबार गर्न सकिने सुविधा रहेको छ । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुका लागि विभिन्न किसिमका डिजिटल भुक्तानी प्लाट्फर्महरु प्रदान गर्दै आएको छ । यस ‘कर्पोरेट पे’ प्रणालीको सुरुवातले बैंकका व्यावसायिक ग्राहकहरुलाई डिजिटल भुक्तानी सेवा प्रदान गर्न थप टेवा पुग्नेछ । यस प्रणालीको प्रयोग र बिस्तार पश्चात भौतिकरुपमा बैंकमा नपुगी अनलाइनमार्फत विभिन्न भुक्तानी गर्न सकिने हुँदा व्यावसायिक ग्राहकहरुलाई यसबाट सहजरुपमा सेवा प्रदान गर्न सकिने बैंकको विश्वास रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

चितवन, १२ फागुन । चितवनको इच्छाकामना गाउँपालिका–६ पाँचकिलोस्थित सडकमा एचआर ३८ भी २०२१ नम्बरको भारतीय डिब्बा ट्रकमा ग १२ प

काठमाडौँ, १२ फागुन । नेपालमा आजसम्म ४ लाख २९ हजार ७०५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य सेवा

दाङ, १२ फागुन । दाङमा कोइलाखानीमा पुरिएर एक जना मजदुरको मृत्यु भएको  छ । घोराही उपमहानगरपालिका १९ राम्चेमा कोइला निकाल्दै

काठमाडौँ, १२ फागुन । लुकाइछिपाइ अवैधरुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको २६ हजार ३१० अमेरिकी डलरसहित एक जना बेलायती नागरिकलाई प्रहरीले

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021