माछापुच्छ्रे बैंकको थप ६ शाखारहित बैंकिङ्ग सेवा संचालनमा

काठमाडौँ, २५ मंसिर । माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप ६ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले स्याङजाको पुतलिबजार न.पा.–१२ पेल्काचौर, कपिलबस्तुको शिवराज न.पा.–०१ शिवपुर, कपिलबस्तुकै बुद्धभूमि न.पा.–०९ बिजगौरीमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

त्यसैगरी, कन्चनपुर बेलौरी न. पा.–०३ गोकुलपुर, दार्चुलाको व्यास गा.पा.–०६ हुटी र जिल्लाकै मलिकार्जुन गा.पा.–०६ उकुमामा गरी ६ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

बैकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामिण भेगका नागरिकमा बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले बैंकले शाखा रहित बैंकिङ्ग सेवामार्फत सेवा प्रदान गर्दै आइरहेको छ । देशका विभिन्न स्थानमा ६ शाखारहित बैंकिङ्ग सेवा थप भएसँगै बैंकको शाखा रहित बैंकिङ्ग सेवा १४१ पुगेको छ ।

ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखारहित सेवाहरुबाट खाता खोल्न, रकम जम्मा गर्न र झिक्न, रेमिट्यान्स भुक्तानीका साथै कर्जा आवेदन समेत दिन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पूर्वीनवलपरासी, १८ फागुन । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वीनवलपरासीको दुम्कौलीमा दुई वटा ट्रक जुध्दा दुवै चालकको मृत्यु भएको छ  भने दुई जना

तनहुँ, १८ फागुन । जिल्लाको व्यास नगरपालिका–४ स्थित होटल सःसः इनमा गए राति अन्दाजी २ः०० बजेको समयमा आगलागी हुँदा करिब

काठमाडौँ, १८ फागुन । स्यानिटाइजर सेवनका कारण मोरङमा एकै दिन दुई जनाको मृत्यु भएको छ । मृत्यु हुने वृद्धवृद्धा हुन्

काठमाडौँ, १८ फागुन । सक्रिय पश्चिमी वायु बाहिरिएसँगै हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021