प्रभु बैंक डिबेञ्चर–२०८७ का लागि निष्काशन तथा विक्री प्रबन्धक नियुक्त

काठमाडौँ, २५ मंसिर । प्रभु बैंक लि. ले एक हजार रुपैयाँ अंकित दरको १० वर्षको भुक्तानी अवधिका लागि जारी गर्न लागेको “प्रभु बैंक डिबेञ्चर–२०८७” निष्काशन गर्नको लागि मेगा क्यापिटल मार्केट्स लि.लाई निष्काशन तथा विक्री प्रबन्धकको रुपमा नियुक्ती गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौतामा प्रभु बैंक लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र मेगा क्यापिटल मार्केट्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदयकान्त झाले हस्ताक्षर गरेका हुन् । प्रभु बैंक लि. ले वार्षिक ८.५ प्रतिशतका दरले प्रत्येक तीन/तीन महिनामा ब्याज भुक्तानी हुने गरी रु. ४ अर्ब बराबरको “प्रभु बैंक डिबेञ्चर–२०८७” नामक ऋणपत्र सार्वजनिक निष्काशन गर्न लागेको छ । २ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तबर बाट र १ अर्व ६० करोड बराबरको ऋणपत्र सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।

मेगा क्यापिटल मार्केट्स लि. निष्काशन तथा विक्री प्रबन्धकत्वमा निकट भविष्यमा निष्काशन हुन लागेको रु. ४ अर्ब बराबरको “प्रभु बैंक डिबेञ्चर–२०८७” को ट्रष्टीको रुपमा पनि मेगा क्यापिटल मार्केट्स लि. लाई नै नियुक्त गर्ने सम्बन्धी सम्झौता पनि आजै हस्ताक्षर भएको छ । नेपाल धितोपत्र बोर्डबाट आवश्यक स्वीकृति प्राप्त भए पश्चात् “प्रभु बैंक डिबेञ्चर–२०८७” सार्वजनिक निष्काशन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

ताप्लेजुङ, १८ फागुन । जिल्लाको मेरिङ्देन गाउँपालिका—३ तथा जिल्लाकै दोस्रो ठूलो बजार  दोभान बजारमा आगलागी भइरहेको छ ।  आज बिहान १०

तनहुँ, १८ फागुन । जिल्लाको व्यास नगरपालिका–४ स्थित होटल सःसः इनमा गए राति अन्दाजी २ः०० बजेको समयमा आगलागी हुँदा करिब

काठमाडौँ, १८ फागुन । ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका बालाजुमा ड्युटीमा

काठमाडौँ, १८ फागुन । स्यानिटाइजर सेवनका कारण मोरङमा एकै दिन दुई जनाको मृत्यु भएको छ । मृत्यु हुने वृद्धवृद्धा हुन्

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021