काठमाडौँ, १६ मंसिर । ज्योति विकास बैंकले ‘स्क्यान एन्ड विथ्ड्र’ सेवा सञ्चालनमा ल्याएको छ ।
सो सेवाअन्तर्गत ग्राहकले आफ्नो मोबाइल फोनमा भएको ज्योति स्मार्ट एपमार्फत् बैंकको काउन्टरमा रहेको क्यूआर कोड स्क्यान गरि आफ्नो खाताबाट सजिलै रकम झिक्न सक्नेछन् ।
स्क्यान एन्ड विथ्ड्रमार्फत् काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी चेकको प्रयोग बिना नै खाताबाट रकम झिक्न सकिने छ । बैंकले यो सेवा देश भरिका १ सय ५ वटै शाखा कार्यालयबाट एकैपटक सुरुवात गरेको छ । सो सेवा संचालन पश्चात ग्राहकहरुले अब बैंक गएर पैसा झिक्न चेक अथवा एटीएम कार्ड बोकिरहनुपर्ने छैन ।





