काठमाडौँ, १५ मंसिर । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले मंसिर १४ गतेबाट बाँके जिल्लाको कोहलपुरमा नयाँ शाखा संचालनमा ल्याएको छ ।
ग्राहकवर्गहरुको सेवामा थप विस्तार गर्ने उद्देश्यले कोहलपुर गा.वि.स. ११ बाट बैकिङ्ग सेवा सुरु गरेको हो । यो नयाँ शाखासगै बैंकको शाखा संजाल ११४ पुगेको छ ।
यसअघि बैकले विभिन्न स्थानमा शाखा, शाखारहित बैकिङ्ग सेवा तथा एक्सटेनसन काउण्टरहरु संचालनमा ल्याई बैकिङ्ग सेवाहरु ग्राहकवर्गहरुलाई प्रदान गदै आएको छ ।
अन्य जानकारीका लागि बैंकको आधिकारीक वेबसाइट www.centurybank.com.np तथा बैंकका शाखा कार्यलयहरुमा सम्पर्क राख्न बैकले अनुरोध गरेको छ ।






