नेप्से परिसूचक १८ सय नाघ्यो

काठमाडौँ, ९ मंसिर । आज मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक करिब ३० अंकले बढेको छ । नेप्से परिसूचक २९ दशमलव ६८ अंकले बढेर १ हजार ८ सय १० दशमलव ११ अंकमा पुगेको छ ।

नेप्से परिसूचक लामो समय पछि १ हजार ८ सय माथि पुगेको हो । कारोबार रकम करिब साढे ५ अर्ब रुपैयाँ नाघेको छ । दिनभर भएका ४९ हजार ७ सय ८३ कारोबारबाट १ सय ९६ कम्पनीका १ करोड १७ लाख ४८ हजार ५ सय २० कित्ता सेयर किनबेच भएका छन् । जस अनुसार कारोबार रकम ५ अर्ब ४४ करोड २९ लाख ५० हजार १ सय ८९ रुपैयाँ पुगेको छ ।

नेप्सेमा कारोबार हुने १३ उपसमूहहरु मध्ये होटल समूह भनेर घटेर रातो देखिएको छ । होटल मंगलबार १.६५ प्रतिशत अर्थात ३४ दशमलव ९२ अंकले ओरालो लागेको छ । यो बाहेक अन्य सबै समूहहरु उकालो लागेका छन् ।

आज धेरै बढ्नेमा व्यापार समूह देखिएको छ । यो समूह १७२ दशमलव ६२ अंकले उकालो लागेको छ । बुधबार ८ वटा कम्पनीहरुको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । सबैभन्दा धेरै सेयर मूल्य बढ्नेमा बोटलर्स नेपाल लिमिटेड (बीएनटी) देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की प्रभावशाली नेतृ नविना लामाले कुर्सी र सत्ता स्वार्थका कारण पार्टीमा विवाद उत्पन्न

काठमाडौँ, १५ माघ । सर्वोच्च अदालतले अवहेलना सम्बन्धी मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओली, चारजना पूर्व प्रधानन्यायाधीश र पूर्व सभामुख दमनाथ ढुंगानालाई

काठमाडौँ, १५ माघ । थप २ सय १३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७० हजार ५

काठमाडौँ, १५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्धमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रा कार्यकर्तालाई जंगलमा राखेर आफु दिल्लीमा बसेको बताएका