माछापुच्छ्रे बैंक र विभिन्न होटलहरुबीच सम्झौता

काठमाडौँ, ९ मंसिर । माछापुच्छ्रे बैंक र ल्याण्डमार्क होटल, रिजोर्ट एण्ड स्पा र द फर्न रेसिडेन्सि (भरतपुर, चितवन) बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । 

सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले २ वटै तारे होटलको खाना र पेय पदार्थमा १५% सम्म छुट पाउनेछन् भने ल्याण्डमार्क होटल, रिजोर्ट एण्ड स्पा (काठमाडौँ, चितवन र पोखरा) को बसाईमा ३५% तथा विषेश प्याकेजहरुमा ५% सम्म छुट पाउनेछन् ।

बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट/क्रेडिट कार्ड तथा क्यूआर प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् । यसैगरि माछापुच्छ्रे बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै नगरकोटको प्रसिद्ध होटल क्लव हिमालयनसंग पनि सम्झौता गरेको छ । सम्झौता अनुसार माछापुच्छ्रे बंैकका ग्राहकहरुले क्लव हिमालयन फुड एण्ड वेभरेजमा १० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् । 

बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसाय सग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आर्कषक छुट प्रदान गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की प्रभावशाली नेतृ नविना लामाले कुर्सी र सत्ता स्वार्थका कारण पार्टीमा विवाद उत्पन्न

काठमाडौँ, १५ माघ । सर्वोच्च अदालतले अवहेलना सम्बन्धी मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओली, चारजना पूर्व प्रधानन्यायाधीश र पूर्व सभामुख दमनाथ ढुंगानालाई

काठमाडौँ, १५ माघ । थप २ सय १३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७० हजार ५

काठमाडौँ, १५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्धमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रा कार्यकर्तालाई जंगलमा राखेर आफु दिल्लीमा बसेको बताएका