आज पनि नेप्सेको उत्साह कायमै

काठमाडौँ, २६ कार्तिक । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक अझै बढेको छ ।

अघिल्लो कारोबार मंगलबार करिब २६ अंकले उकालो लागेको नेप्से परिसूचक २८.८९ अंकले बढेर १ हजार ७ सय माथि नाघेको छ । नेप्से परिसूचक बढेर १ हजार ७ सय ७ दशमलव ६७ अंक पुगेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि बढेको छ । सेन्सेटिभ इन्डेक्स १.५८ प्रतिशत अर्थात ५.२३ अंकले बढेको छ । कारोबार पनि मंगलबारकै हारहारीमा भएको छ ।

दिनभर भएका ३६ हजार ८ सय ९३ कारोबारबाट १९५ कम्पनीका १ करोड २५ लाख २३ हजार ६ सय ५१ कित्ता सेयर किनबेच भएका छन् । जसबाट १ अर्ब ९ करोड ९६ लाख ४ हजार ७ सय ४२ रुपैयाँको कारोबार भएको छ । नेप्सेमा कारोबार हुने उपसमूहहरु मध्ये फाइनान्स भने २ अंकले घटेको छ । यि बाहेक सबै उपसमूहहरु ओरालो लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मोरङ, २३ कार्तिक । मोरङमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-२ मोहनपुरका ४० वर्षीय

दैलेख, २३ कार्तिक । दैलेखमा बिरामी बोकेर सुर्खेततर्फ जाँदै गरेको बलेरो गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

काठमाडौँ, २३ कार्तिक । पश्चिमी वायुको आंशिक प्रभावका कारण सोमबार देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको

काठमाडौँ, २२ कार्तिक । काठमाडौँमा थाइल्यान्डबाट ल्याइएको १ किलो ६०० ग्राम लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।