नेप्से ४ अंकले बढ्यो

काठमाडौँ, २४ कार्तिक । आज सेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ ।

आज तीब्र उतारचढावकाबीच नेप्से परिसूचक ४.२२ अंकले उकालो लागेर १ हजार ६ सय ५२ दशमलव ८० अंकमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने घटेको छ । ०.६१ अंकले सेन्सेटिभ ओरालो लागेको हो । नेप्से परिसूचकमात्रै होइन कारोबार रकम समेत आइतबारको तुलनामा सोमबार बढेर करिब ३७० करोड पुगेको छ ।

दिनभर भएका ४१ हजार ४९ कारोबारबाट १ सय ९५ कम्पनीका १० लाख ३५ हजार ३ सय १३ कित्ता सेयर किनबेच भएका छन् । जसबाट ३ अर्ब ६९ करोड ९८ लाख ७९ हजार ७ सय २६ रुपैयाँको कारोबार भएको छ ।

सोमबार सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सेयर किनबेभ भएको छ । धेरै कारोबार हुने दोस्रो नम्बरमा भने नेपाल दूरसञ्चार प्राधिकरण देखिएको छ । नेप्सेमा कारोबार हुने उपसमूहहरु मध्ये आधा रातो आधा हरियो देखिएक छन् ।

व्यापार, फाइनान्स, निर्जिवन बिमा कम्पनी, उत्पादनमूलक साथै माइक्रोफाइनान्स बढेर हरियो देखिएक छन् भने बैंकिङ, होटल, विकास बैंक, हाइड्रोपावर जीवन बिमा र म्युचुअल फण्ड घटेर राताम्मे देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २४ फागुन । बेलायतमा कोरोना संक्रमितको संख्या गत वर्ष सेप्टेम्बर यताकै सबैभन्दा कम भएको  सरकारी तथ्यांकले देखाएको छ ।

जेनेभा, २३ फागुन । विश्वका २० देशमा कोभ्याक्सको कार्यक्रमअनुसारका खोपहरु पठाइएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ । विश्व स्वास्थ्य

काठमाडौँ, २३ फागुन । पछिल्लो साता कोरोना संक्रमणबाट विदेशमा थप दुईजना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार

एजेन्सी, २३ फागुन । ब्राजिलमा कोरोनाभाइरसका कारण एकै दिनमा थप १५ सयभन्दा बढीको मृत्यु भएको छ ।  स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021