काठमाडौँ, २३ कार्तिक । कुमारी बैंकले लाभांश परिवर्तन गरेको छ ।
राष्ट्र बैंकले नगद लाभांश घटाएर बोनस शेयरको हिस्सा बढाउन निर्देशन दिएसँगै बैंकले १० दशमलव ८५ प्रतिशत बोनस शेयर दिने भएको छ । बोनस शेयर बढेसँगै नगद लाभांश ३ दशमलव १५ प्रतिशतमात्रै दिने भएको छ ।
जम्मा लाभांश भने १४ प्रतिशत नै रहेको छ । राष्ट्र बैंकले यस अगाडि जारी गरेको लाभांश स्वीकृत कार्यविधि २०७७ अनुसार लाभांश परिवर्तन गर्न निर्देशन दिएको हो ।
बैंक सञ्चालक समितिले लाभांश घोषणा गरेपछि साधारणसभामा लैजानु अगाडि नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिनु पर्ने हुन्छ ।