“करकर = कर”

ए! सुन,
लसुन बेचेर भए नि
नुन बेचेर भए पनि
दाइजोको सुन बन्धकी राखेर भए पनि
तिम्रो सुख को धुन होस या
भकारीको घुन होस
चाहे आफ्नै खुन बेचेर भए पनि
कर तिर
सरकार चलाउनु छ
करकर नगर कर तिर
छोटे मुखियालाई मोटाउनु छ
याद गर
छोटे मुखिया मोटा भए जनता मोटा हुन्छन्
छोटे मुखियाको उपचार भए जनता त आफै
निको हुन्छन्
जनताको सम्पती छोटे मुखियाको हो
राष्ट्रको सम्पती ठुटे काजी को हो
सव थोक मौसुफको हो।
अँ जनताको नि छ
त्यो आश्वासन हो।
त्यसैले
अब तरखर गर
कर भर….


© के आर पाण्डुलिपि

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १४ कार्तिक । अमेरिकाले युक्रेनलाई ५०० वटा प्याट्रियट हवाई प्रतिरक्षा क्षेप्यास्त्र बिक्री गर्न स्वीकृति दिएको छ । रुसको बढ्दो हवाई

एजेन्सी, १३ कार्तिक । रुसले युक्रेनको निप्रोस्थित रेलवे स्टेसनमा ड्रोन आक्रमण गर्दा कम्तीमा १३ जनाको मृत्यु भएको छ । अन्य

एजेन्सी, १३ कार्तिक । भुटानको शिंताफू हिमतालबाट अचानक ठूलो परिमाणमा पानी बाहिरिएपछि आएको बाढीले मुख्य सडकको एक खण्ड बगाएको छ

एजेन्सी, १२ कार्तिक । भारतको आन्ध्र प्रदेशमा चक्रवात ‘अर्नब’का कारण पाँचजनाको मृत्यु भएको छ । घर, कृषिबाली र पूर्वाधारमा क्षति