“करकर = कर”

ए! सुन,
लसुन बेचेर भए नि
नुन बेचेर भए पनि
दाइजोको सुन बन्धकी राखेर भए पनि
तिम्रो सुख को धुन होस या
भकारीको घुन होस
चाहे आफ्नै खुन बेचेर भए पनि
कर तिर
सरकार चलाउनु छ
करकर नगर कर तिर
छोटे मुखियालाई मोटाउनु छ
याद गर
छोटे मुखिया मोटा भए जनता मोटा हुन्छन्
छोटे मुखियाको उपचार भए जनता त आफै
निको हुन्छन्
जनताको सम्पती छोटे मुखियाको हो
राष्ट्रको सम्पती ठुटे काजी को हो
सव थोक मौसुफको हो।
अँ जनताको नि छ
त्यो आश्वासन हो।
त्यसैले
अब तरखर गर
कर भर….


© के आर पाण्डुलिपि

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र

काठमाडौँ, २३ असोज । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा निर्विरोध चयन भएका छन्

काठमाडौँ, २३ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट निर्वाचित चार जना जनप्रतिनिधिले दल परित्याग गरेपछि उनीहरूको पद स्वतः रिक्त

काठमाडौँ, २३ असोज । शिक्षकलाई सवारीसाधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (११औँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ