माछापालन र होटल व्यवसायबाट मनग्य आम्दानी

बनेपा, २२ कार्तिक । पनौती नगरपालिका–१ मानेदोभानस्थित खानीखोलाका सूर्यबहादुर तामाङले ट्राउट माछापालनसँगै होटल व्यवसायसमेत सञ्चालन गरेर गाउँमा नै मनग्य आम्दानी गर्न थाल्नुभएको छ ।

बाह्र वर्ष अगाडि गाउँकै एउटा सहकारी संस्थाले शुरु गरेको रेन्बो ट्राउट माछापालन केही वर्षयता आफूले नै वार्षिक रुपमा संस्थालाई रकम तिर्ने गरी भाडामा सञ्चालन गरेको व्यवसायले अहिले राम्रो आम्दानी गर्न सफल भएको उहाँले बताउनुभयो ।

यसअघि मानेदोभान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संरचना निर्माण गरेर थालनी गरेको रेन्बो ट्राउट माछापालन व्यवसाय घाटामा गएपछि जग्गा धनीसमेत रहनुभएका तामाङलाई नै पाल्नका लागि दुई वर्ष अगाडि जिम्मा दिएको हो । संस्थाले वार्षिक दुई लाख ८० हजार तिर्ने गरी तीन वर्षको लागि सम्झौता गरेर जिम्मा लगाएपछि अहिले तामाङले माछापालन व्यवसायसँगै होटल खोलेर व्यवसाय सञ्चालन गर्नुभएको हो ।

उहाँको व्यवसाय छोरा बुहारीले सम्हाल्दै आएको उहाँको भनाइ छ । यसअघि सहकारी संस्थालाई वार्षिक २० हजार तिर्ने गरी भाडामा दिएको जग्गाको माछापालन व्यवसाय आफैँले लिए पनि भाडा भने निरन्तर आइरहेको उहाँले बताउनुभयो । पहिला सहकारीले कर्मचारी राखेर काम गर्दा घाटा भएको भन्दै आफैले चलाएको माछापालन व्यवसायले राम्रो फाइदा भएको तामाङले बताउनुभयो । “कुनै दिन कम हुन्छ, कुनै दिन मान्छेहरुको भीड नै हुन्छ”, उहाँले भन्नुभयो, “शनिबार एक लाख बढीको माछा बिक्री हुन्छ ।” प्रति किलो रु एक हजार ३०० मा पोखरीमा आफैँले माछा मारेर खाना पाइन्छ । व्यवसायीको लागि माछाको भुरा लिन भने कहिले तातोपानी त कहिले मेलम्ची पुगेर ल्याउने गरेको उहाँले बताउनुभयो ।

तर यसपटक भने बन्दाबन्दीका कारण माछाको भुरा हाल्न नपाएको उहाँको गुनासो छ । सो ठाउँमा पहिलाकै ६ वटा पोखरी छ भने पछि वाग्मती प्रदेश सरकारबाट रु ६ लाख अनुदान प्राप्त गरेपछि तीन पोखरी थपेर माछापालन व्यवसाय बढाउँदै लगिरहेको उहाँले बताउनुभयो । माछाको बिक्रीसँगै होटल पनि राम्रो सञ्चालन भएपछि अहिले खानीखोलामा आन्तरिक पर्यटकको घुइँचो बढ्न थालेको छ । सँगै होटल पनि भएपछि धेरैजसो ग्राहकले माछा किनेर त्यही खाने गरेको होटल सञ्चालक सुरज तामाङ बताउनुहुन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बैतडी, १३ मंसिर । बैतडीको सदरमुकामस्थित दशरथचन्द नगरपालिका क्षेत्रमा १० दिनका लागि लकडाउन घोषणा गरिएको छ ।  कोरोनाको जोखिम बढ्दै गएको

काठमाडौँ, १३ मंसिर । रुपन्देही, कपिलवस्तु र गोरखा एक-एक गरी थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल

कालीकोट, १३ मंसिर । जिल्लाको पलाँता गाउँपालिकाबाट गर्भवती महिलाको स्थानीय स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि हेलिकप्टरमार्फत थप उपचारका लागि सुर्खेत लगिएको

रुकुम पश्चिम, १३ मंसिर । आठबीसकोट नगरपालिकामा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । शुक्रबार साँझ