काठमाडौँ, १८ कार्तिक । आज सेयर बजार परिसूचक नेप्से सामान्य बढेर बन्द भएको छ ।
मंगलबार नेप्सेमा वाणिज्य बैंक र विकास बैंक बाहेक सबै समूहको सूचकमा सुधार हुँदा नेप्से पनि सामान्य बढेको छ ।
आज बजार परिसूचक नेप्से ५.४० अंकले बढेर १६४३.०४ अंकमा बन्द भएको छ । बैंकिङ समूहको सूचक २.१७ अंक (०.१७ प्रतिशत) र विकास बैंक समूहको सूचक ०.७६ प्रतिशतले ओरालो लाग्दा पनि अन्य समूहको सूचक १.३९ प्रतिशत, निर्जीवन बिमा समूहको सूचक २.१८ प्रतिशत र व्यापार समूहको सूचक ४.८ प्रतिशतले वृद्धि हुँदा नेप्से पनि बढेको छ । बैंकिङ र विकास बैंक समूहको सूचक बाहेक सबै समूहको सूचक आज सकारात्मक भएका छन् ।
आज नेप्सेमा २९ हजार ६०६ वटा कारोबारबाट ७७ लाख ५७ हजार ३५३ कित्त सेयर किनेबच हुँदा २ अर्ब २३ करोड ७९ लाख ६५ हजारको कारोबार भएको छ । सोमबार नेप्सेमा करिब साढे २ अर्बको कारोबार भएको थियो । आज सबैभन्दा धेरै नेपाल दुरसञ्चार कम्पनीको १० करोड ३ लाख २२ हजारको कारोबार भएको छ । विशाल बजार कम्पनी, समिट लघुवित्त, पाँचथर पावर कम्पनी र शिवश्री हाइड्रोपावरको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । गुमाउनेमा भने महलक्ष्मी विकास बैंकका लगानीकर्ता अगाडी रहेका छन् ।






