नेप्से ४१.२० अंकले बढ्यो

काठमाडौँ, १२ कार्तिक । दसैँ बिदापछि आज पहिलो दिन बजार खुल्दा सेयर बजार परिसूचक नेप्से बढेको छ ।

बुधबार नेप्से परिसूचक ४१.२० अंकले बढेर १६ सय ४७.४६ विन्दुमा पुगेर बन्द भयो । कारोबार अवधिभर एक सय ८८ कम्पनीको ९३ लाख २२ हजार ८५ कित्ता सेयर ४२ हजार ६१८ पटक किनबेच हुँदा कारोबार रकम २ अर्ब ७२ करोड ६० लाख रुपैयाँ पुगेको थियो ।

बुधबार बैंकिङ क्षेत्रको सूचक ५५.१५, जीवन बीमा ११०.६८, विकास बैंक ६०.९७ अंकले बढेको छ । यस्तै निर्जीवन बीमा ४७.०७, होटल ३२.८५, माइक्रोफाइनान्स २५.१९, उत्पादन तथा प्रशोधन २०.८८, फाइनान्स १३.३८, हाइड्रोपावर ३.८६ र म्युचअल फण्ड ०.१३ तथा अन्य १४.५७ अंकले बढेको छ । व्यापार समूहको सूचक भने ८.८३ अंकले घटेको छ ।

बुधबार प्राइम कमर्सियल बैंक, नेपाल फाइनान्स र सिटिजन्स बैंकको सेयर मूल्यमा पोजेटिभ सर्किट ब्रेक लागेको थियो । प्राइम, नेपाल फाइनान्स, सिटिजन्स बैंक, प्रभु बैंक र सनराइज बैंकका लगानीकर्ताले बजारबाट बुधबार उच्च नाफा आर्जन गरेको छ ।

त्यस्तै बुधबार ग्लोबल आईएमई बैंकको सेयर सबैभन्दा धेरै २० करोड ६५ लाख रुपैयाँ भन्दा धेरैको कारोबार भयो, यस्तै लगानीकर्ताको दोस्रो धेरै अकर्षण प्राइम कमर्सियल बैंकको सेयरमा देखिएको थियो । १७ करोड रुपैयाँ भन्दा बढीको उक्त बैंकको सेयर बुधबार कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कास्की, २० मंसिर । पोखरामा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका

बागलुङ, २० मंसिर । सार्वजनिक सवारीले बढी भाडा असुलेको गुनासो बढेपछि जिल्ला यातायात व्यवस्थापन समितिले अनुगमनमा कडाइ गर्न थालेको छ

कञ्चनपुर, २० मंसिर । कञ्चनपुरमा एचआइभी एड्सका बिरामीको सङ्ख्या बढ्दै गएको छ । यहाँ खासगरी भारतका विभिन्न ठाउँबाट फर्किनेमा यसको

काठमाडौँ, २० मंसिर । कोरोना सङ्क्रमितलाई इलाम नगरपालिका–७ ले निःशुल्क रोग प्रतिरोधात्मक औषधि वितरण गर्ने भएको छ । होम आइसोलेसन