काठमाडौँ, ५ कार्तिक । आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला प्रतितोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ९५ हजार कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य बढेर प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।





