माछापुच्छ्रे बैंकको वार्षिक साधारण सभा स्थगित

काठमाडौँ, १ कार्तिक । माछापुच्छ्रे बैंकले कात्तिक ६ गतेका लागि तय गरेको २२ औं वार्षिक साधारणसभा स्थगित गर्ने निर्णय गरेको छ । 

बैंक संचालक समितिको असोज ३० मा बसेको बैठकले कोरोना महामारी र चाडपर्वको व्यस्ततालाई ध्यानमा राख्दै हाललाई स्थगित गर्ने निर्णय गरिएको बैंकले जानकारी दिएको छ ।

साथै, बाईसौं वार्षिक साधारण सभाबाट अनुमोदन गराउने गरी हाललाई २४ कराेड १० लाख ८० हजार ६६० रुपैयाँ (अर्थात चुक्तापूँजीको २.८५ प्रतिशतका दरले) अन्तरिम नगद लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकमा स्वीकृतिको लागि पेश गर्ने निर्णय बैंकले गरेको छ ।

बैंकले शेयरधनीलाई आर्थिक वर्ष २०७६-७७ को मुनाफाबाट २८ करोड ५० लाख ६४ हजार ७४४ रुपैयाँ (अर्थात चुक्ता पूँजीको ३.३७ प्रतिशतका दरले) नगद लाभांश (बोनस सेयर तथा नगद लाभांशमा लाग्ने कर सहित) र ५९ करोड ४६ लाख १६ हजार ९३१ रुपैयाँ (अर्थात चुक्तापूँजीको ७.०३ प्रतिशत) बराबरको बोनस सेयर वार्षिक साधारण सभाबाट पारित गरी वितरण गर्ने प्रस्ताव गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ कार्तिक । नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । अखिल नेपाल फुटबल सङ्घ एन्फाले

काठमाडौँ, १३ कार्तिक । आइपिएलमा बैंगलोरविरुद्ध मुम्बईले सहज जित निकालेको छ ।गएरातिको खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई पाँच विकेटले हराएको

एजेन्सी, १२ कार्तिक । बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बर्टोमेउले पदबाट राजीनामा दिएका छन् । क्लबमा उनको लामो समयदेखि आलोचना भहिरहेको

काठमाडौँ, १२ कार्तिक । इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल पराजित भएको छ । दुबईमा मंगलबार राति भएको खेलमा हैदराबादले नेपाली