माछापुच्छ्रे बैङ्कले तोक्यो स्थिर ब्याजदर

काठमाडौँ, २६ असोज । माछापुच्छ्रे बैङ्कले स्थिर ब्याजदरसहितको नयाँ ब्याजदर तालिका प्रकाशन गरेको छ ।

नेपाल राष्ट्र बैङ्कले असोज मसान्तभित्र स्थिर ब्याजदर तोक्न दिएको निर्देशन अनुसार कात्तिक १ गतेदेखि लागु हुनेगरी बैङ्कले अग्रिम रुपमा ब्याजदर तालिका सार्वजनिक गरेको हो ।

प्रकाशित ब्याजदर अनुसार गतिशील प्रणालीबाट निर्धारण हुने ब्याजदरमा बैङ्कले कुनै घटबढ गरेको छैन । जसमा अधिकांश कर्जामा आधारदरमा ५ प्रतिशतसम्म जोखिम प्रिमियम जोडेर ब्याजदर निर्धारण गरिएको छ । मुद्दती निक्षेपको धितोमा दिइने ऋण, युवा तथा साना व्यवसायीस्वरोजगार कर्जा लगायतमा भने जोखिम प्रिमियम २.५ प्रतिशतसम्म तोकिएको छ । भदौ मसान्तमा आधारित बैङ्कको आधारदर ८.४२ प्रतिशत रहेको छ ।

स्थिर ब्याजदर
माछापुच्छ्रे बैङ्कले तय गरेको स्थिर ब्याजदर अनुसार होमलोन, अटो/हायर पर्चेज लोन र अन्य खुद्रा लोनका लागि स्थिर ब्याजदर कायम गरिएको छ । होमलोनमा ५ वर्ष अवधिका लागि ९.८९ प्रतिशत, ५ देखि १० वर्षका लागि १०.८९ प्रतिशत र १० वर्ष भन्दा बढी अवधिको लागि ११.८९ प्रतिशत ब्याजदर तय गरिएको छ ।

त्यस्तै अटोलोनमा ५ वर्षको लागि ९.८९ प्रतिशत र ५ देखि १० वर्षको लागि १०.९९ प्रतिशत ब्याजदर तोकिएको छ । अन्य खुद्रा ऋणका लागि भने ५ वर्षसम्मको अवधिका लागि १०.२४ प्रतिशत, ५ देखि १० वर्षको लागि ११.२४ प्रतिशत र १० वर्षभन्दा लामो अवधिको लागि १२.२४ प्रतिशत ब्याजदर तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनुषा, ७ वैशाख । धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५

दाङ, ७ वैशाख । दाङमा आगलागी परेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ९, तरुलियामा ८७

ताप्लेजुङ, ७ वैशाख । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।  पाथीभरा क्षेत्र विकास

काठमाडौँ, ७ वैशाख । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न तहमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज सार्वजनिक