दोहोरो अंकले घट्यो सेयर बजार

काठमाडौँ, २५ असोज । साताको पहिलो दिन सेयर आज कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक आइतबार १३ दशमलव ३७ अंकले घटेर १ हजार ५ सय ७६ दशमलव २७ अंकमा झरेको छ ।

यसैगरी ‘क’ वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ओरालो लागेको छ । सेन्सेटिभ इन्डेक्स ३.०१ अंकले घटेर ३११ दशमलव ७३ अंकमा झरेको छ । दिनभर १९३ कम्पनीका कारोबार भएका छन् ।

जसमा ३७ हजार ५ सय १५ करोबारबाट ९२ लाख ८१ हजार ४ सय ७८ कित्ता सेयर किनबेच भएका छन् । जस अनुसार कारोबार रकम २ अर्ब ३९ करोड ५४ लाख ३२ हजार ५ सय ९९ रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

नेप्सेमा कारोबार हुने उपसमूहहरु मध्ये फाइनान्स बाहेक सबै राताम्मे भएका छन् । फाइनान्स भने १७ दशमलव ५ अंकले बढेको छ । कारोबार रकमका आधारमा आइतबार आइसीएफसी फाइनान्स कम्पनी देखिएको छ ।दोस्रो नम्बरमा भने रिढी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ कार्तिक । नेपाल टेलिकम आफ्नो सेवालाई विस्तार गर्ने क्रममा सोलुखुम्बुको ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालन गर्नुका

काठमाडौँ, ९ असोज । नेपाल टेलिकमले शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँग समन्वय गरी सरकारी र सामुदायिक विद्यालयका शिक्षक र

काठमाडौँ, २९ असार । नेपाल टेलिकमले देशका हरेक वडामा वाईफाई उपलब्ध गराउने भएको छ । कम्पनीले पहिलो चरणमा वडामा रहेका

काठमाडौँ, २२ असार । नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार कोषमार्फत ४१ जिल्लाका सम्पूर्ण वडामा इन्टरनेट विस्तार गरिएको छ । ग्रामीण