एनआईसी एशिया रेमिटबाट एउटा आन्तरिक रेमिट्यान्स पठाउँदा अर्को निःशुल्क

काठमाडौँ, २० असोज । एनआईसी एशिया बैंकले एनआईसी एशिया रेमिटमार्फत दसैं, तिहार नेपाल संवत् र छठपर्व लक्षित निःशुल्क आन्तरिक रेमिट्यान्स योजना ल्याएको छ ।

उक्त योजनाअनुसार देशभित्र एक ठाउँबाट अर्को ठाउँमा रकम पठाउँदा दोस्रोपटक निःशुल्क पठाउन सकिनेछ । यो योजना सबैका लागि रहेको बैंकले जनाएको छ ।

उक्त विप्रेषण रकम बैंकका मुलुकभर फैलिएका ३२६ शाखा कार्यालय, १०३ वटा विस्तारित काउन्टर, ६४ वटा शाखारहित बैंकिङ एकाइ एवं १० हजार बढी सहायक प्रतिनिधिहरूमार्फत रकम प्राप्त गर्न सकिने जनाइएको छ । यो योजना असोज २० देखि मंसिर ५ गतेसम्म लागु हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

महोत्तरी, ३ बैशाख । महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित राजु हार्डवेयर पसलका व्यापारीमाथि आक्रमण गरी लुटपाट गरेको आरोपमा प्रहरीले चार युवकलाई

राँझा, ३ बैशाख । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत ४९ जना कोरोना सङ्क्रमितको अवस्था गम्भीर रहेको छ ।  अस्पतालको कोभिड वार्डमा उपचाररत

सप्तरी, ३ बैशाख । हात्तीले आक्रमण गर्दा सप्तरीमा एकजना व्यक्तिको मृत्यु भएको छ । प्रहरीका अनुसार हनुमाननगर कंकालिनी नगरपालिका-१ कोसी

काठमाडौँ, ३ बैशाख । हावाहुरीसँगै परेको चट्याङका कारण दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । बिहिबार राति चट्याङ

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021