माछापुच्छ्रे बैंकको ६ वटा स्मार्ट सेवा एकै साथ संचालनमा

काठमाडौँ, १७ असोज । माछापुच्छ्रे बैंकले स्थापनाको २० वर्ष पूरा गरि २१ औँ वर्षमा प्रवेश गरेको छ ।

२० औं वार्षिकोत्सव मनाउँदै गर्दा थप सबल बन्दै ग्राहकलाई स्तरीय डिजिटल सेवा प्रदान गर्न बैंकले आफूलाई स्मार्ट बैंकको रुपमा उभ्याएको छ । ग्राहक महानुभावहरुको आवश्यकता र सुविधालाई मध्यनजर गर्दै स्थापनाकालदेखि नै समयानुकुल परिस्कृत र परिमार्जित सेवा सुविधाहरु प्रदानगर्दै आइरहेको माछापुच्छ्रे बैंकले २० औँ वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहक लक्षित विभिन्न नयाँ ६ वटा स्मार्ट सेवाहरु तथा योजनाहरु एकै साथ संचालनमा ल्याएको छ ।

बैंकले नेपालमा नै पहिलो पटक वी च्याट वालेटको भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकहरुले क्युआरकोड स्क्यान गरी आफ्नो खाताबाट नगद निकाल्न सक्ने गरी एमबिएल स्मार्ट काउण्टरको पनि सुरुवात गरेको छ । बैंकले आफ्नो नयाँ स्मार्ट वेवसाईट पनि आजैबाट सुरुवात गरेको छ । ग्राहक महानुभावहरुले स्मार्ट वेवसाईट मार्फत बचत खाता खोल्न र क्रेडिट कार्डको अनलाईन आवेदन दिनसक्ने व्यवस्था मिलाएको छ ।

माछापुच्छ्रे बैंक लि.ले २० औँ वार्षिकोत्सवको उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई लक्षित गरी विभिन्न २०–२० (ट्वेन्टी–ट्वेन्टी) अफरहरु संचालनमा ल्याएको छ । बैंकले दरबारमार्ग र लाजिम्पाटमा ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै प्रायोरिटी काउन्टर पनि संचालनमा ल्याउदैँ छ ।

त्यस्तै गरि बैंकले आफ्नो वार्षिकोत्सवको पूर्वसन्ध्यामा ओखलढुङ्गा जिल्लाको सिद्धिचरण नगरपालिकामा आफ्नो १६० औँ शाखा कार्यालय समेत संचालनमा ल्याएको छ । स्थापनाको २१ वर्षमा आईपुग्दा बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग सेवा, ५ वटा एक्सटेन्सनसमेत गरी जम्मा२९८ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बंैकको देशभर १९९ वटा एटीएमहरु सञ्चालनमा रहेका छन् ।

साथै सबल उत्कृष्ट एवं विस्तारित पहिचान बनाएको माछापुच्छ्रे बैंकको २० वर्षको गौरवमय यात्रामा साथदिने सम्पूर्ण ग्राहकवर्ग, शेयरधनी, नियमनकारी निकाय, कर्मचारी एवं शुभचिन्तक माहानुभावहरुमा हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि अझ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ७ कार्तिक । जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. ९ नंखेल स्थित पलोसे–डोलेश्वर सडकको मुख्य प्रवेशद्वारमा निर्माण गरिएको डोकेखोलाको पुल

काठमाडौँ, ७ कात्तिक । बहराइनका राजकुमार मोहम्मद हामद मोहम्मद अल खलिफा मनास्लु र लुवुचो हिमालको सफल आरोहण गरी शुक्रबार स्वदेश फर्किएका

काठमाडौँ, ७ कात्तिक । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना संक्रमणपछि उपचारका लागि हेलिकप्टरमा काठमाडौं ल्याइएको छ । उनलाई आज

विराटनगर, ७ कार्तिक । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।