माछापुच्छ्रेका सेयरधनीले लाभांश पाउने

काठमाडौँ, १५ असोज । माछापुच्छ्रे बैंकले दसैंअघि नै लगानीकर्तालाई लाभांश वितरण गर्ने भएको छ ।

बैंकले कात्तिक ६ गते पोखरमा साधारणसभा बोलाएको छ । माछापुच्छ्रेले सभाको मिति तय गरेसँगै आर्थिक वर्ष ०७६/७७ को वार्षिक साधारणसभा गर्ने पहिलो बैंकसमेत बन्‍ने भएको छ ।

बैंकको साधारणसभाले  सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पुँजीको ७.०३ प्रतिशत अर्थात् ५९ करोड ४६ लाख १६ हजार ९३१ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनका लागि समेत गरेर ३.७३ प्रतिशत अर्थात् २८ करोड ५० लाख ६४ हजार ७४४ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव साधारणसभामा पेस गर्नेछ ।

त्यस्तै  साधारणसभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्‍विजिसन गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त बैंक देखिए सोसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण सेयरधनीहरुका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने तीनजना सञ्चालकको नियुक्त गर्ने प्रस्ताव पनि रहेको बैंकले जनाएको छ । 

बैंकले साधारणसभाका लागि बुक क्लोज मितिसमेत तय गरेको छ । जसअनुसार बैंकले असोज २२ गते सेयर दाखिला खारेजको दर्ता बन्द गर्ने भएको छ । बैंकले २२ गते बुक क्लोज मिति तोकेसँगै असोज २१ गतेसम्म कायम सेयरधनीले बैंकको  लाभांश पाउनेछन् । सोही मितिसम्म कायम सेयरधनीले सभामा पनि भाग लिन पाउनेछन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, १० कार्तिक । गण्डकी प्रदेशमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट

पोखरा, १० कार्तिक । गण्डकी प्रदेशमा थप १०१ जनामा कोरोना पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा थप

काठमाडौँ, १० कार्तिक । नेपाल राष्ट्र बैंकले आज सोमबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate for

काठमाडौँ, १० कार्तिक । आज दशैंको टीकाको दिन देशभर मौसम सफा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।