काठमाडौँ, १३ असोज । ग्लोबल आइएमई बैंकले ट्राफिक प्रहरीलाई ट्राफिक पोल सहयोग गरेको छ ।
ट्राफिक प्रहरीलाई काठमाडौं उपत्यका भित्रका सडकहरुमा ट्राफिक जनचेतनाका लागि उपयोगी हुने उद्देश्यले उक्त पोलहरु सहयोग गरेको बैंकले जनाएको छ ।
ट्राफिक पोलहरुमार्फत जनचेतना फैलाउने, ट्राफिक नियमको पालना गर्न सहयोग पुर्याउने र ट्राफिक जाम तथा दूर्घटना न्यूनीकरण गर्न सहयोग पुर्याउने बैंकको विश्वास छ ।
यसअघि वैशाख ३१ मा बैंकले ट्राफिक पोलहरु दिएको थियो । यस्तो सहयोग गरेकोमा महानगरीय ट्राफिक महाशाखाले बैंकलाई धन्यवाद दिएको छ ।