ग्लोबल आईएमई बैंकको ‘मेरी उनीलाई’ मुद्दती खाता योजना

काठमाडौँ, १२ असोज । ग्लोबल आईएमई बैंकले ‘मेरो उनीलाई’ मुद्दती खाता योजना ल्याएको छ । महिलाहरुलाई आर्थिक रुपमा सशक्त र स्वतन्त्र बनाउने उद्देश्यले यो खाता योजना सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

‘मेरी उनीलाई’ मुद्दती योजनाले महिलाका नाममा बचत गर्न, महिलालाई बचतमा अभ्यस्त बनाउन, व्यक्तिगत खातावाहक महिलाहरुलाई राम्रो प्रतिफल प्रदान गर्न र आर्थिक रुपमा महिलाहरुलाई सबल बनाउन सहयोग पुर्‍याउने बैंकले जनाएको छ ।

एक लाख रुपैयाँभन्दा बढी रकममा खोल्न सकिने ‘मेरी उनीलाई’ मुद्दती योजनामा वार्षिक ९ प्रतिशतसम्म ब्याज पाइनेछ । यो योजना ६ महिनादेखि ५ वर्षसम्मको अवधिका लागि खोल्न सकिनेछ । बचत गर्ने बानीलाई प्रोत्साहन गर्ने यो योजनामा आवश्यकताअनुसार पटकपटक रकम थप गर्न पनि सकिने बैंकले जनाएको छ ।  

बैंकले यो खातासँगै नि:शुल्क डेबिट कार्ड, लकर शुल्कमा शतप्रतिशत छुट, मुद्दती बचतको ९० प्रतिशतसम्म ऋण सुविधा र दश लाख रुपैयाँभन्दा बढी रकमको मुद्दती खाता खोल्ने ग्राहकलाई प्रिभिलेज कार्ड उपलब्ध गराउने बैंकले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ माघ । प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दाको सुनुवाइ संवैधानिक इजलासमै हुने भएको छ। संवैधानिक इजलासमा भएको बहसमा मुद्दा

काठमाडौँ, २ माघ । सरकारले आजबाट ‘नागरिक मोबाइल एप्स’ सार्वजनिक गरी परीक्षण गरेको छ ।  मन्त्रीपरिषद्का निर्णयहरू सार्वजनिक गर्दै आज सञ्चार तथा

काठमाडौँ, २ माघ । कोरोना भाइरस कोभिड-१९ विरुद्धको खोप ‘कोभिसिल्ड’लाई औषधि व्यवस्था विभागले नेपालमा आपतकालीन प्रयोगको अनुमति दिएको छ । विभागका

काठमाडौँ, २ माघ । नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिने सिलसिलामा नयाँदिल्लीमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका बाह्य