नेप्से परिसूचक ओरालो लाग्यो

काठमाडौँ, ६ असोज । नेप्से परिसूचक आज २२.९१ अंकले ओरालो लागेको छ । सेयर बजारमा मंगलबार अधिकांशक कम्पनीको सेयर मूल्य घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार मंगलबार कारोबारमा आएका १५५ कम्पनीको मूल्य घटे । यस्तै १२ कम्पनीको मूल्य मात्र बढे । पछिल्लो समय सेयर बजार निरन्तर बरिहेकामा हिजो र आज केही करेक्सन देखिएको हो । बजार १.४६ प्रतिशतले घट्दा कारोबार रकममा कमी आएको छैन । आज दिनभर २ अर्ब ८१ करोड २८ लाख ५६ हजार रुपैयाँबराबरको सेयर किनबेच भए । सोक्रममा १ सय ९९ कम्पनीका ७८ लाख ५६ हजार कित्ता सेयरको ४८ हजार कारोबार भयो ।

कारोबारमा आएका ३ कम्पनीको मूल्य करिब १० प्रतिशतले ओरालो लाग्ने क्रमले अन्तिमसम्मै निरन्तरता पायो जसमध्ये लिबर्टी इनर्जी कम्पनीको मूल्य सर्वाधिक ९.८८ प्रतिशतले गिरावट आयो । घलेम्दी हाइड्रो र युनाइटेड मोदीको मूल्य पनि करिब १० प्रतिशतले घटे ।बढ्नेमा युनाइटेड फाइनान्सको मूल्य सर्वाधिक १५ रुपैयाँ अर्थात् ६.८२ प्रतिशतले बढेको छ । समूहगत उपसूचकतर्फ आज कुनै पनि समूह बढेनन् । जसमध्ये विकास बैंक र जलविद्युत् समूह सर्वाधिक क्रमशः २.१६ र २.०८ प्रतिशतले ओरालो लागे । बैंकिङ समूहमा १.७७ र वित्त समूहमा १.६७ प्रतिशतको गिरावट आयो ।

परिसूचकका आधारमा निर्जीवन बिमा समूह सर्वाधिक ११२.६६ अंकले ओरालो लाग्दा जीवन बिमा समूहको उपसूचक १०९.४७ अंकले घटेको छ । नेप्से घट्दा बजारको कुल पुँजीकरण २० खर्ब ५९ अर्ब रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ कार्तिक । कोरोनाबाट देशभर थप १७ जनाको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना

जनकपुर, १३ कार्तिक । प्रदेश २ मा कात्तिक १४ गते शुक्रबार सार्वजनिक बिदा हुने भएको छ । प्रदेश सरकारले इस्लाम

काठमाडौँ, १३ कार्तिक । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट एक महिनामा २ हजार ५ सयभन्दा धेरैले अनलाइन सेवा लिएका छन् । महाशाखाले

काठमाडौँ, १३ कार्तिक । कोरोना संक्रमणको विस्तार जाडोयाममा अझै बढ्ने जोखिम रहेकाले विशेष सावधानी अपनाउनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । उनीहरूका