एनआईसी बैंकका अध्यक्ष अग्रवाललाई ‘प्रबल जनसेवा श्री चतुर्थ’ बाट विभूषित गरिने

काठमाडौँ, ३ असोज । संविधान दिवस २०७७ को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले यस बैंकका संचालक समितिका अध्यक्ष तथा विशाल गु्रपका उपाध्यक्ष एवम् प्रतिष्ठित उद्योगी व्यवसायी तुलसीराम अग्रवाललाई ‘प्रबल जनसेवा श्री चतुर्थ’ द्वारा विभूषित गर्ने घोषणा गरेकी छन् । उक्त अवसरमा यस बैंकको तर्फबाट राष्ट्रपति तथा नेपाल सरकारप्रति हार्दिक कृतज्ञता जाहेर गरेको छं ।

अग्रवालले पाँच दशक देखि देशको उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रमा अनवरत रुपमा एक सफल उद्योगी व्यवसायीको रुपमा राष्ट्रको सर्वाङ्गीण आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय टेवा पु¥याउँदै यस बैंकको अध्यक्षका साथै हाल विशाल गु्रपको उपाध्यक्ष, मैनावती स्टिल इन्डष्ट्रिजको प्रबन्ध निर्देशक तथा अन्य विविध व्यापार–वाणिज्य क्षेत्रहरूमा गरिमामय भूमिका निर्वाह गर्दै औद्योगिक क्षेत्रमा विशिष्ट योगदान पु¥याउँदै आएका छन् ।

साथै उनले भीजी फाउण्डेसनमार्फत समाजको हित रक्षाको लागि समेत उल्लेख्य कार्य गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले चाडपर्वका अवसरमा वर्षेनी गर्दै आएको चियापान कार्यक्रम यस वर्ष नहुने भएको छ

काठमाडौँ, ११ कार्तिक । भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरभाने तीन दिने नेपाल भ्रमणका लागि नोभेम्बर ४ तारिखमा नेपाल

गुल्मी, ११ कार्तिक । गुल्मीको रेसुङ्गा नगरपालिकामा जुवाको खालबाट प्रहरीले वडाध्यक्ष सहित ११ जनालाई पक्राउ गरेको छ । नगरपालिका वडा

काठमाडौँ, ११ कार्तिक । हास्य कलाकार मनोज गजुरेलमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उनले सोमबार सामाजिक सञ्जालमार्फत कोरोना संक्रमण