कोरोना प्रभावः नेपालको आर्थिक वृद्धि १.५ प्रतिशतसम्म झर्ने

काठमाडौँ, ३१ भदौ । एसियाली विकास बैंक (एडीबी) ले नेपालको आर्थिक वृद्धिदर सन् २०२० मा २.३ र २०२१ मा १.५ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । सरकारले यस वर्ष ७ प्रतिशत हाराहारी आर्थिक वृद्धि हुने अनुमान गरेको थियो । कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण आर्थिक गतिविधि खुम्चिँदा यस्तो प्रभाव परेको हो ।

पछिल्ला दुई वर्ष २०१८ मा ६.७ र २०१९ मा ७ प्रतिशत वृद्धिदर थियो। एडीबीले मंगलबार सार्वजनिक गरेको ‘डेभलपिङ एसिया आउटलुक रिपोर्ट २०२०’ अनुसार यस वर्ष दक्षिण एसियाली मुलुकको औसत आर्थिक वृद्धिदर ६.८ प्रतिशतले ऋणात्मक रहनेछ ।

‘कोरोना भाइरस संक्रमणको प्रभावस्वरूप निर्यात, रेमिट्यान्स तथा पर्यटन क्षेत्र प्रभावित भएकाले नेपालको आर्थिक वृद्धिदर घट्ने देखिन्छ । नेपालको प्रमुख व्यापारिक साझेदार रहेको छिमेकी मुलुक भारतको अर्थतन्त्र खस्किएको अवस्थामा स्वाभाविक रूपमा असर पर्नेछ’, नेपालका लागि एडीबीका कन्ट्री डाइरेक्टर मुख्तोर खामुदखानोबले भने, ‘यो आर्थिक वर्षमा आवधिक रूपमा जारी लकडाउनले आर्थिक क्रियाकलाप ठप्प हुँदै गएमा आर्थिक वृद्धिदर अझ खस्किन सक्छ ।’

सरकारले असोजबाट सम्पूर्ण आर्थिक क्रियाकलाप खुकुलो पार्ने निर्णय गरिसकेको छ । तर कोरोना भाइरसको संक्रमण नियन्त्रण भई असोजपछि आर्थिक गतिविधि पूर्ववत् अवस्थामा फर्कनेमा अनिश्चितता भने कायमै छ । विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशत हुने हालै आकलन गरेको थियो । दुई निकायले गरेका अनुमान सरकारको लक्ष्यभन्दा निकै कम हो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छापिएको छ  । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३  असोज । नेपालमा ७ जिल्ला कोरोनामुक्त भएका छन । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ७ जिल्लामा

विराटनगर, ३ असोज । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले संविधान सबै जाति, भाषा, धर्म, संस्कृति, लिङ्ग, वर्ण र

वुटवल, ३ असोज । मुख्यमन्त्री शङ्कर पोखरेलले संविधान कार्यान्वयन हुँदै जाँदा सबै पक्षबाट स्वीकार्य पूर्ण सहमतिको दस्तावेजको रुपमा स्थापित भएको

भक्तपुर, ३ असोज । जुद्ध बारुण यन्त्र भक्तपुरको ७७ औं स्थापना दिवस कोरोना संक्रमणकाबीच एक संक्षिप्त कार्यक्रम गरी सम्पन्न भएको