सेयर बजारमा १३ अंकले बढ्यो

 काठमाडौँ, २४ भदौ । आज साताको चौथौ दिने सेयर बजार परिसूचक नेप्से बढेको छ ।

बुधबार बजार परिसूचक दोहोरो अंकले वृद्धि हुँदा नेप्से पुन: १५०० अंकभन्दा माथि पुगेको छ ।

आज१३.०५ अंकले वृद्धि भएर १५०८.२१ अंकमा पुगेको छ । नेप्सेसँगै सेन्सिटिभ इन्डेक्समा पनि सामान्य सुधार भएको छ । वाणिज्य बैंक र विकास बैंक समूहको सूचक नेगेटिभ हुँदा नेप्से १३ अंकले बढे पनि सेन्सिटिभ इन्डेक्स भने ०.१९ अंकले बढेर २९९.६६ अंक कायम भएको छ । 

नेप्से परिसूचकसँगै बुधबार कारोबार रकम पनि बढेको छ । मंगलबार दुई अर्बको पनि कारोबार नभएको बजारमा बुधबार भने साढे २ अर्बभन्दा बढीको कारोबार भएको छ । नेप्सेमा बुधबार १९४ कम्पनीको ५७ लाख ९८ हजार ५३२ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५६ करोड ३४ लाख १५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

लगातार उच्च कारोबार हुँदै आएको नेपाल पुनर्बिमा कम्पनीले आइतबार पनि कारोबार रकममा बजारको नेतृत्व गरेको छ । कम्पनीको २२ करोड ३१ लाख २२ हजार रुपैयाँको कोरोबार भएको छ । कारोबार रकममा नेपाल पुनर्बिमा कम्पनीलाई नेपाल धितोपत्र बोर्डमा हकप्रद निष्कासन गर्न आवेदन दिएको नागरिक लगानी कोषले पछ्याएको छ । कम्पनीको १८ करोड ६४ लाख ८ हजारको सेयर कारोबार भएको छ । 

यस्तै शिवम् सिमेन्ट, सुर्या लाइफ इन्स्योरेन्स र नेको इन्स्योरेन्स धेरै कारोबार हुने शीर्ष ५ कम्पनीमा अटाएका छन् । सोमबार नेप्सेमा सूचीकृत भएर हिजो मंगलबारबाट कारोबार सुरु भएको रिलायन्स लाईफ इन्स्योरेन्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यस्तै राष्ट्रिय बिमा कम्पनीको संस्थापक र साधारण दुबै सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । 

आरम्भ चौतारी लघुवित्तको सेयर मूल्य ९.३१ प्रतिशत र नेरुडे लघुवित्तको सेयर मूल्य ८.६९ प्रशितले बढेको छ । यता एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनीको सेयर मूल्यमा भने बुधबार लगातार चौथो दिन पनि नेगेटिभ सर्किट लागेको छ । 

१३ अंकले बढेको बजारमा पनि बैंकिङ र विकास बैंक समूहको सूचक भने नेगेटिभ बनेको छ । बैंकिङ समूहको सूचक ०.१६ प्रतिशत  विकास बैंक समूहको सूचक ०.३१ प्रतिशतले घटेको छ । यता निर्जीवन बिमा समूहको सूचक ३.५ प्रतिशत, व्यापार समूहको सूचक ३.३९ प्रतिशत, लघुवित्त समूहको सूचक २.२ प्रतिशतले बढेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ बैशाख । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘एसियाको भविष्य’का नेताको रुपमा छनौट गरेको छ ।

काठमाडौँ, २ बैशाख । गिजरा खाँडसारी मिल्स प्रालिले उद्योग सञ्चालन गर्न तीन दशकअघि हदबन्दी छुट पाएको १ सय ८० बिघा

काठमाडौँ, २ बैशाख । गण्डकी प्रदेश सरकारलाई चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले दिँदै आएको समर्थन फिर्ता लिएको छ । पार्टी

काठमाडौँ, २ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी प्रस्ताव निर्णयार्थ संसद्मा पेस

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021