काठमाडौँ, ९ भदौ । मंगलबार हिमालय एयरले आफ्नो पाँचौं चरणको उडान तालिका सार्वजनिका गरेको छ ।
सबै यात्रुले पीसीआर परीक्षण गरी नेगेटिभ भएको प्रमाण फर्किने बेलामा आफूसँगै राख्नु पर्नेछ । सबै पीसीआर परीक्षण नेगेटिभ भएका यात्रुहरुलाई कम्तिमा १४ दिन होम क्वारेन्टाइनमा बस्न लिखित प्रतिबद्धता जनाउनु पर्नेछ ।
पीसीआर परीक्षण उपलब्ध नभएका देशबाट फर्किने सबै यात्रुहरूसँग काठमाडौंमा होटल बुक गरेको प्रमाण पेश गर्नुपर्ने छ । यसरी स्वदेश फर्किएका यात्रुहरु कम्तिमा ७ दिन होटल क्वारेन्टिनमा अनिवार्य रूपमा बस्नुपर्छ । होटल बुकिङ नगरेका यात्रुहरुलाई विमानमा प्रवेश नै गर्न पाउने छैनन् ।
सबै यात्रीहरूले कोरोना संकट व्यवस्थापन केन्द्रको अनलाइन फारम भर्नु पर्नेछ । उक्त फारमको लागि यहाँ क्लिक गर्नुपर्दछ । उक्त फाराम भरेर फारमको प्रिन्ट प्रतिलिपि यात्रुहरुले संगै राख्नु पर्नेछ ।







