नेप्से ११ अङ्कले बढ्यो

काठमाडौँ, २५ साउन । धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक आइतबार ११ अङ्कभन्दा धेरैले बढेको छ ।

हप्ताको पहिलो दिन आज परिसूचक ११ दशमलव ३ अङ्कले बढेर १३ सय ९२ दशमलव ६८ अङ्कमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन गर्ने सेन्सेटिभ इण्डेक्स पनि १ दशलमव ४६ अङ्कले बढेको छ । आइतबार होटल समूहबाहेक सबै समूहका उपसूचक बढेका छन् ।

सबैभन्दा धेरै जीवन बीमा समूहको १ सय २९ दशमलव ५६ र बीमा समूहको १०३ दशमलव ४८ अङ्कले बढेको छ । आइतबार ८७ कम्पनीको कारोबारमा ९७ करोड ७८ लाख रुपैयाँभन्दा धेरैका ३२ लाख १२ हजार कित्ता शेयर किनबेच भएका छन् ।

सबैभन्दा धेरै अजोड इन्स्योरेन्स लिमिटेडको नौ करोड २१ लाख रुपैयाँ बराबरका शेयर कारोबार भएको छ । अजोड इन्स्योरेन्सका शेयर लगानीकर्ताले आइतबार सबैभन्दा धेरै झण्डै १० प्रशित कमाएका छन् । गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका शेयर लगानीकर्ताले भने ३ दशमलव ८५ प्रतिशत गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । आयरल्यान्ड वुल्भ्सविरुद्धको पहिलो ट्वान्टी–२० खेलमा नेपाल ‘ए’ बाट लोकेश बमले शतक बनाएका छन् ।  पहिलो टी–२०

काठमाडौँ, १५ चैत । नेपाल ‘ए’ क्रिकेट टिमले आज आयरल्यान्ड वुल्भ्सविरुद्ध टी-२० सिरिजको पहिलो खेल खेल्दै छ । टियु मैदानमा हुने

काठमाडौँ, १४ चैत । नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी महिला एसिया कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)

काठमाडौँ, १३ चैत । आयरल्यान्ड वुल्भ्सविरुद्ध दोस्रो ट्वान्टी–२० खेल नेपालले ७१ रनले जितेको छ । योसँगै नेपाली सिनियर टिमले आयरल्यान्ड