नेपाल बैङ्क लिमिटेडको नयाँ कर्जा योजना

काठमाडौँ, २० साउन । नेपाल बैङ्क लिमिटेडले बजारको माग र चाहना बमोजिम नेपालको बैङ्किङ बजारमा सबैभन्दा कम ब्याजदर हुनेगरी पाँच बर्ष अबधिका लागी ७.९९ प्रतिशत ब्याजदरमा घरकर्जा प्रदान गर्ने भएको छ ।

घर निर्माण, घर खरिद तथा तला थप गर्न यस प्रकारको कर्जा प्रदान गरिनुका साथै अन्य बैंकमा रहेको घरकर्जा समेत स्वाप गर्ने सुविधा रहेको छ ।

यसको अतिरिक्त बैङ्कले नयाँ लघु उद्यम कर्जा, सम्वृद्ध व्यवसाय कर्जा रघडेरी कर्जा योजनाहरु पनि शुभारम्भ गरेको छ । लघु उद्यम कर्जा तथा सम्वृद्ध व्यवसाय कर्जा  को वार्षिक ब्याजदर ८.९९ प्रतिशत रहेको र सो ब्याजदर पनि उक्त प्रकृतिका कर्जाहरुमा बैङ्किङ क्षेत्रकै न्युन ब्याजदर हो ।

यस प्रकारका कर्जाहरु प्राप्त गर्नका लागी सम्बन्धित निकायमा दर्ता भई नियमित रुपमा सञ्चालन भएका वा नयाँ सञ्चालन हुने क्रममा रहेका उद्योग वा व्यापार/व्यवसाय सञ्चालन तथा विस्तारको निमित्त रु.२५ लाख देखी रु.९९ लाख सम्मको लागी लघु उद्यम कर्जा र रु.१ करोड देखी रु.३ करोड सम्मको चालु तथा स्थिर पुँजी ब्यबस्थापनका लागी सम्वृद्ध व्यवसाय कर्जा  उपलब्ध गराउन सकिने छ ।

दुबै प्रकारका कर्जाहरुअन्र्तगत व्यवसायलाई आवश्यक पर्ने संरचना निर्माण, यन्त्र वा उपकरण, फर्निचर तथा फिक्स्चर्स खरिद गर्न स्थिर पुँजीकर्जा र चालु सम्पत्ती व्यवस्थापनको लागि चालु पुँजिकर्जा प्रदान गर्न सकिनेछ । लघु उद्यम कर्जा ग्राहकले आवश्यक सम्पूर्ण कागजात पेश गरेकोे ७ कार्य दिन भित्र निर्णय गरी प्रदान गर्न सकिने व्यवस्था रहेको छ ।

घडेरी खरिद गरी घर निर्माण गर्ने उपभोक्तालाई लक्षित गरी बैङ्कले घडेरी कर्जा पनि ल्याएको छ, जस्को वार्षिक ब्याजदर ९.९९ प्रतिशत रहेको छ । घडेरी जग्गा खरिद गर्न र अन्य बैङ्क तथा वित्तीय संस्थाबाट लगानी भएको सोही प्रकारको कर्जा स्वाप गरी ग्राहकको आवसिय आवश्यकता पूरागर्न यो कर्जाको सुरुवात गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ कार्तिक । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश तथा स्थानीय तहअन्तर्गत सार्वजनिक सेवा प्रवाह हुने

काठमाडौँ, २१ कार्तिक । कर्णालीका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले आफ्नो सय दिने उपलब्धि सार्वजनिक गरेका छन् । आज पत्रकार सम्मेलनको आयोजना

काठमाडौँ, २१ कार्तिक । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले सुर्खेतस्थित रङ्गशालाको स्थगतरूपमा अनुगमन तथा

काठमाडौँ, २१ कार्तिक । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले युवालाई लक्षित गर्दै उत्पादन वृद्धि र रोजगारीका समस्या समाधानलाई प्राथमिकतामा राखेर