नेप्से दाेहाेराे अङ्कले बढ्याे

काठमाडौँ, ११ साउन । धिताेपत्र बजारमा शेयर काराेबार मापक नेप्से आइतबार २२ दशमलव ४ अङ्कले बढेको छ ।

हप्ताको पहिलो दिन आइतबार नेप्से २२ अङ्कभन्दा धेरैले बढेर १४ सय ६५ दशमलव १० बिन्दुमा पुगेर बन्द भएको छ । यस्तै क वर्गका कम्पनीहरु मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि आइतबार ३ दशमलव ५९ अङ्कले बढेको छ ।

आज दिनभर एक अर्ब ९४ करोड २६ लाख रुपैयाँ बराबरका ४५ लाखभन्दा धेरै कित्ता शेयर किनबेच भएका छन् । होटल, जलविद्युत् र म्युचल फण्डबाहेक सबै समूहको उपसूचक बढेका छन् ।

सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ३३८ दशमलव ८ अङ्क र निर्जीवन बीमा समूहको २५९ दशमलव ६४ अङ्कले बढेको छ । आइतबार सबैभन्दा धेरै नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडको २५ करोड ८४ लाख १८ हजार रुपैयाँ बराबरका शेयर कारोबार भएको छ । त्यस्तै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको १९ करोड ९४ लाख रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएका छ ।

बजार सुधार भएको दिन आज मिर्मिरे माइक्रो फाइनान्स विकास बैंक लिमिटेड र तारागाउँ रिजेन्सी होटल लिमिटेडका शेयर लगानीकर्ताले झण्डै १० प्रतिशत कमाएका छन् । बेस्ट फाइनान्स कम्पनी लिमिटेडका शेयर लगानीकर्ताले भने साढे ६ प्रतिशत गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

गलकोट, ५ बैशाख । पत्रकारको न्यूनतम ज्याला कम नै हुन्छ । प्रविधिले पत्रकारलाई निकै खर्चिलो बनाउँदै लगेको छ ।  उनीहरुका

काठमाडौँ, ५ बैशाख । कर्णाली प्रदेश सरकारले चैते दशैँका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को

बाँके, ५ बैशाख । बाँकेको नेपालगञ्ज उप–महानगरपालिका–१२ कोरियनपुरबाट प्रहरीले ब्राउन सुगर सहित ५ जनालाई पक्राउ गरेको छ । लागु औषध

नेपालगञ्ज, ५ बैशाख । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना विशेष वार्डमा उपचाररत

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021