आन्दोलनका उपलब्धिलाई सखाप पार्न सक्रिय पात्र: जुन थालमा खायो, त्यही थालमा थुक्ने?

पछिल्लो समय आफ्नै नेता तथा कार्यकर्ताबाट अत्याधिक रुपमा आलोचित पात्रको नाम हो रामकुमारी झाँक्री । लामो समयसम्म सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियुको राजनीति गरी आफ्नो परिचय स्थापीत गर्न सफल हुनुभएकी सांसद झाँक्रीलाई पछिल्लो दिनहरुमा एक पछि अर्को गर्दै आलोचनाको पात्र मात्र बन्नुभएको छैन, ट्रोल नै बनिसक्नुभएको छ ।

सांसद झाँक्रीको अहिलेको काम देश र जनताको निम्ती तथा मुलुकको विकास र समृद्धिको लागि हैन, सरकारलाई असफल तथा आलोचित गराउने मुख्य जिम्मेवारी संहाल्नुभएको भन्दै कार्यकर्ताले आक्रोस जनाएका छन् । विद्यार्थी राजनीति तथा मुलुकको रुपान्तरणकारी आन्दोलनको नेतृत्व गरी स्थापीत हुनुभएकी सांसद झाँक्रीले सोही नेतृत्व अंगाल्ने मातृ पार्टी र सरकारलाई अनावश्यक आलोचना गरी घृणीत चर्चा बटुल्न खप्पीस हुनुभएको सामाजिक सञ्जालमा कार्यकर्ताको आक्रोस रहेको छ ।

२०६२÷०६३ सालको आन्दोलन तथा अन्य आन्दोलनमा टाउको फुटाएर चर्चा पाउनुभएकी सांसद झाँक्रीले अहिले आन्दोलनको सम्पूर्ण उपलब्धीलाई सखाप पार्न सक्रिय नेतृत्वको रुपमा स्थापीत हुनुभएको बताइएको छ । निम्छरो व्यवहारले आफ्नो हैसियत चिनाएका उल्लेख गर्दै हजारौं कार्यकर्ताले उहाँलाई गालीको वर्षानै चलाएका छन् ।

गालीको वर्षामात्र हैन, उहाँलाई कार्यकर्ताले जुन थालमा खायो त्यही थालमा थुक्ने भन्दै तत्काल पार्टीले कारवाही गर्नुपर्ने माग समेत गरेका छन् । पार्टीले नै समानुपातीक सांसद समेत बनाएको तर पार्टीको नीति, नियमभन्दा बाहिर गई चर्चा कमाउन आफ्नै नेतृत्व तथा सरकारलाई कुतर्क गरी नाङ्गेझार बनाउन सक्रिय भूमिका निर्वाह गर्ने झाँक्रीलाई सांसदबाट फिर्ता बोलाउनुपर्ने समेत जोडतोडका साथ आवाज उठिरहेको छ ।  गुटको राजनीतिमा रमाएर वर्तमान सरकारलाई कसैको इसारामा असफल बनाउन सक्रिय सांसद झाँक्रीकै कारण पूर्व नेकपा एमालेको सिद्धान्त जनताको बहुदलिय जनवादलाई समेत कमाई खाने भाँडोको रुपमा प्रयोग गर्नुभएको ओरोप लगाइएको छ ।

अनेरास्ववियूका संयोजक ऐन महले भन्नुभएको छ, ‘जबज कुनै चलचित्रको पटकथा होइन । यो त नेपाली क्रान्तिको मौलिक सिद्धान्त हो । लोकतन्त्रको हिमायती हो । राष्ट्रियताको पहरेदार हो । सर्वहारा श्रमजीवि वर्ग र देशभक्तहरुको सञ्जिवनी बुटि हो । नेपाली राजनीतिको मियो हो । आफ्नो सम्पूर्ण राजनीतिक जीवन जबजको भर्याङ चढेर उचाई बढाउने अनि आज आएर ब्यक्तिगत आग्रह र कुण्ठाले यसमाथिको प्रहार गर्नु जुन थालमा खायो त्यही थालमा थुक्नु जस्तै हो । नेता कमरेडहरु समयमा नै आफुलाई आफैले सम्हाल्नुहोस, यसैमा भलो छ अन्यथा समय आउँछ पर्खिदैन इतिहासले अवश्य पनि यसको मुल्यांकन गर्ने नै छ ।’

‘जबज तपाईको लागि कमाई खाने भाँडो होला तर आम कार्यकर्ताको लागि जबज प्राण हो ।’ कार्यकर्ताले सांसद झाँक्रीलाई भनेका छन्, ‘नेताले हिजो गरेको दु:ख, कष्ट, सम्झौता अनि त्यागको कुनै हिसाब हुँदैन ? आफ्नै नेतालाई आफै बदनाम गराउन लागि पर्नु के राम्रो हो रु तिनै नेताको नेतृत्वमा प्रजातन्त्र, लोकतन्त्र, अनि गणतन्त्र आउने ! तिनै नेताले बनाएको संगठनमा बसेर आज रामकुमारी झाँक्री नामले चिन्न सक्ने बन्ने ! अनि त्यही नेतालाई धावा बोल्नु उडाउनु कति सम्म ठिक हो रु आफ्ना बिचारहरु राख्न पाइन्छ तर नियोजित ढंगले आफ्नो पार्टी अध्यक्ष र जबज माथि जुन प्रकारले प्रहार गर्नु भयो यो राम्रो होइन,यस्तो निम्छरो घटिया शब्दले तिम्रो हैसियत देखिएको छ । यस्ता कुण्ठा बोकेर हिंड्ने बुद्धि भ्रष्ट झाँक्रीलाई हामी कदापी नेता मान्न तयार छैन र तिमी नेता बन्ने लायक पनि छैनौं ।’

कार्यकर्ताले जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज)लाई रंगौली नौंटकीमात्र नबनाउन समेत चेतावनी दिएका छन् । सामाजिक सञ्जालमा भनिएको छ, ‘सांसद झाँक्रीलाई जबज भनेको रंगौंली नौंटंकी मात्र रहेछ । जबजको व्यानरमा अनेरास्ववियुको अध्यक्ष बन्नुभयो, त्यसैको व्याजमा कुनै लगानी नगरी निवासमा नै बसेर सांसद पद प्राप्त गरेको कति चाँडो विर्सनु भयो, नेता ज्यू रु तपाईका लागि जबज धन कमाउने भर्याङ होला तर लाखौं कार्यकर्ताको लागि जबज प्राण हो ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ साउन । थप ३३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार आज सबैभन्दा धेरै बाँकेमा

काठमाडौँ, २६ साउन । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको इन्द्रजात्राको साइत सार्वजनिक गरेको छ । जात्राको लिङ्गो काट्न वन

काठमाडौँ, २६ साउन । खुद्रा पसलमा २० रुपैयाँभन्दा बढीमा बिक्री वितरण भइरहेको बोतलको प्रशोधित पानीको मूल्य अब १६ रुपैयाँ मात्र

काठमाडौँ, २६ साउन । पुतली सडकको शंकरदेव क्याम्पस अगाडि एक घरमा आगलागी भएको छ । घरमा रहेको एक कार्यालयबाट आगो