काठमाडौँ, २७ असार । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन तोलामा प्रतितोला ९२ हजार २सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ९१ हजार ७ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै आज चाँदी स्थिर रह्दै प्रतितोला ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।





