सामाजिक दुरी कायम गराउन पाण्डासँग डिनर

एजेन्सी । कोरोना भाइरस महामारीपछि कतिपय देशमा होटल रेस्टुरेन्ट आंशिक रुपमा खुल्न थालेका छन् । त्यस्तै थाइल्याण्डमा खुलेको रेस्टुरेन्टहरूले एउटा टेबुलमा एक पटकमा एकजना मात्रै ग्राहकलाई सर्भ गर्न पाउनेछन् । अर्थातसँगै आउने दम्पत्ति वा परिवारबाहेकका मानिसहरूलाई एउटै टेबलमा बसाल्न पाइँदैन ।

राजधानी बैङ्कमा रहेको एउटा भियतनामी रेस्टुरेन्टले अनौठो उपाय अपनाएको छ । ग्राहकको एक्लोपना भगाउन तथा रमाइलो प्रदान गर्नका लागि उक्त रेस्टुरेन्टले ग्राहकहरूलाई पाण्डासँगै बसेर डिनर गर्न पाउने व्यवस्था गरेको छ ।

Maison Saigon नामक उक्त रेस्टुरेन्टले हरेक टेबुलमा हुने दुईवटा आमनेसामने कुर्सीहरूमध्ये एउटामा ठूलो आकारको पाण्डाको डल राखिदिएको छ । त्यसैले रेस्टुरेन्टमा आउने ग्राहकहरूले आफ्नै टेबुलको ठ्याक्कै सामुन्नेको कुर्सीमा साँच्चिकै जस्तो लाग्ने पाण्डालाई हेर्दै भोजन गर्न पाउनेछन् । यसबाट आफ्नो सामुन्नेको कुर्सी खाली भएको नरमाइलो अनुभूति ग्राहकहरूलाई नहुने र पाण्डाको मुखाकृति हेर्दा रमाइलो पनि महसुस हुने दाबी रेस्टुरेन्टका मालिकको छ ।

हुन पनि रेस्टुरेन्टको यो काइदा ग्राहकहरूले निकै रुचाएका छन् । रेस्टुरेन्टमा पाण्डासँग बसेर खानका लागि उल्लेख्य मात्रामा ग्राहकहरू जाने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ असोज । नेकपा (एमाले)का महासचिव योगेश भट्टराईले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई तीन सुझावहरु दिएका छन् । आफ्नो

काठमाडौँ, २४ असाेज । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो शिक्षाप्रणालीले विद्यार्थीलाई केवल वर्तमानका लागि मात्र होइन; भविष्यका चुनौती र अवसरका लागि

काठमाडौँ, २४ असाेज । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापा ६ हजार

काठमाडौँ, २४ असाेज । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले