भ्रष्टाचारको खोल ओढेर ठूला–ठूला आदर्शका कुरा गर्दै सांसद थापा !

भ्रष्टाचार पछि आदर्श एक अर्काका पर्यायवाची शब्द जस्तै भएका छन् । जसले धेरै भ्रष्टाचार गर्छ उसैले सवैभन्दा बढी आदर्शका कुरा गर्ने गरेका छन् । पछिल्लो समय आफ्नो आङको भैंसि पनि नदेख्नेले अर्काको आङ्को भने जुम्रा पनि देख्ने प्रवृत्ति ह्वात्तै बढेर गएको छ ।

विगतमा भ्रष्टाचारको खोल ओढेर वर्तमान समयमा आएर आदर्शका खुब ठूला ठूला आवाजहरु वुलन्द भएका छन् । आदर्श र सत्यताको कुरा त गर्नै पर्छ, जसले विकास र समृद्धिको यात्रालाई निश्चित विन्दुमा पुर्याउन सक्छ । तर विरोधका नाममा गरने विरोधको कतिको औचित्य हुन्छ भन्ने मुख्य कुरा हो । तर आदर्श र सत्यतामा विरोध गर्ने व्यक्तिको विगतको हविगत कस्तो छ भन्ने बुझ्न जरुरी रहेको छ । आफ्नो चस्माले विगतको हविगत देखेन भने पनि स्वतन्त्र जनताको चस्माले भने अवश्य देख्नेछ ।

यसै प्रशंगमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा पूर्वस्वास्थ्यमन्त्री गगन कुमार थापा पनि अछुतो हुनुहुन्न । पछिल्लो समय सडक तथा सदनमा सरकारको विरुद्धमा चर्का चर्का आवाज बुलन्द गर्नुहुन्छ । वास्तविता छन् भने आवाज बुलन्द गर्दा जनताले विश्वास नै गर्लान तर त्यो मात्र विारेधको लागि विरोध मात्र हो भने पुनः जनताले त्यसको हिसाव किताव अहिले मात्र हैन, विगतमा तपाई स्वास्थ्य मन्त्री हुँदाको मात्र हैन, त्रिभुवन विश्वविद्यालयमा हुँदा गरेका भ्रष्टाचारका गतिविधि समेत एक पछि अर्को गर्दै खोज्दै जानेछन् ।

तपाईले स्वास्थ्य मन्त्री हुँदा औषधि खरिदमा आफू मातहतको औषधि व्यवस्था विभागलाई करोडौँ रुपियाँ घोटाला हुने गरेर काम गर्न अनुमति दिएको खुलासा नेपाल औषधि आयातकर्ता संघले काठमाडौँमा पत्रकार सम्मेलन गरेर नै जानकारी गराएको स्पष्ट छ । औषधि व्यवस्था विभागले हेपेटाईटिस ‘सी’ को औषधिको पटके आयात सिफारिस दिने क्रममा दुई आयातकर्ताहरूले ‘प्रतिबट्टा (२८ ट्याब्लेट) क्रमशः २८ हजार ५ सय र ३३ हजार ७ सय ५० मा उपलब्ध गराउन सक्ने दाबी गर्दै आबेदन दिएकोमा नियम मिच्दै र मन्त्री गगन थापाको नाराकै खिल्ली उडाई प्रतिबट्टा ३३ हजार ७ सय ५० मा बेच्ने दाबी गर्ने व्यवसायीलाई प्रतिबट्टा रु ४० हजारमा बेच्ने गरी स्वीकृति दिएको निर्णयबारे हामीले मन्त्रीको ध्यानाकर्षण गराउँदा पनि सुनुवाई भएन’, विज्ञप्तिमा भनिएको छ ।

त्यती मात्र हैन, आफु मन्त्री भएको समयमा नीतिगत रुपमा नै अर्को भ्रष्टाचार गरेको अर्को प्रमाणको रुपमा रहेको छ, कृषि अनुदानको नाममा गर्नुभएको करोडौं घोटला त्यस्तै आफु स्वास्थ्य मन्त्री भएको समयमा विपी कोइराला स्वास्थ्य प्रतिष्ठानका भिसी राजनकुमार रौनियारको नियुक्ति प्रकृयामा भएको करोडौं भ्रष्टाचारको यस अघि नै पर्दाफास भइसकेका छन् । त्यती मात्र हैन, तपाईले नेपालका गोप्य सूचनाहरु अमेरिका पुर्याउने गरेका स–प्रमाण सहित प्रस्तुत भइसकेका छन् । त्यती मात्र हैन, दुतावासको पैसा लिएर चुनाव लडेको साथै सांसद गगनकुमार थापाका भ्रष्टाचार लगायतका कुराहरुको पर्दाफास गरी राजनीतिक जीवन नै समाप्त पार्न सक्ने सप्रमाण रहेको काठमाडौँ महानगरपालिकाका पूर्वमेयर केशव स्थापीतले सार्वजनिक रुपमा नै अभिव्यक्ति दिइसक्नु भएको छ ।

त्यसैले जनताले तपाईलाई स्पष्ट भन्नेछन्, ‘सांसद थापा ज्यू, अरुलाई चोर औंलाले देखाउँदा अरु चार वटा औंलाले आफैलाई देखाउँछ । अर्काको आङको जुम्रा पनि देख्ने तर आफ्नो आङको भैंसि पनि नदेख्ने ? त्यसैले आफ्नो औकात विर्षनुत भएननी माननीय थापा ज्यू, ।

आफ्नो कालो कर्तुतहरु लुकाउन उहाँले विभिन्न समयमा वर्तमान सरकारलाई आरोप तथा प्रत्यारोप गर्नु मायुर देखिनुहुन्छ । उहाँ मन्त्री हुँदाको कार्यकाल असक्षमता त प्रस्तुत गर्नु नै भयो तर वर्तमान समयमा सरकारले जनताको पक्षमा केही गर्ने दृढताका साथ अघि बढेको बाटोमा तगारो हाल्नुत भएन नी माननीय ज्यू, । स्वच्छ आलोचना गर्नुस्, तगारो नहाल्नुस् । आम नेपाली जनताको यही छ तपाईलाई अनुरोध ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ साउन । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका सांसदबीच आरोप–प्रत्यारोप चल्यो। प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय

काठमाडौँ, ९ साउन । नेकपा एमालेभित्रको विवादलाई लिएर अध्यक्ष केपी शर्मा ओलीको नरम अभिव्यक्ति सार्वजनिक भइरहेका बेला वरिष्ठ नेता माधवकुमार नेपाल

काठमाडौँ, ८ साउन । निर्वाचन आयोगको आदेशविरुद्ध जसपाको महन्थ ठाकुर पक्ष सर्वोच्च अदालत गएको छ । निर्वाचन आयोगबाट पार्टीको आधिकारिकतबारे

काठमाडौँ, ८ साउन । थप २ हजार ९ सय ७७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख