जुन मन्दिरमा अहिले पनि छ बुद्धको दाँत

एजेन्सी । श्रीलंकामा शान्तिका प्रतीक गौतम बुद्धको एउटा दाँत राखिएको छ । दन्त मन्दिरको नामले समेत परिचित उक्त मन्दिरमा रहेको बुद्धको दाँत निकै शक्तिशाली भएको जनविश्वास छ ।

गौतम बुद्धको मृत्यु इशापूर्व ४ सय ८३ मा भएको थियो । बुद्धको देहत्यागपछि उनको अन्तिम संस्कार भारतको कुशीनगरमा भएको थियो । त्यसक्रममा बुद्धका एक अनुयायीले उनको चितामा गई बुद्धको जलिरहेको शवबाट एउटा दाँत निकालेर सो दाँत राजा ब्रम्हादत्तलाई बुझाए ।

राजा ब्रम्हादत्तसँग बुद्धको त्यो दाँत लामो समयसम्म रह्यो । बुद्धको दाँतका विषयमा धेरै पटक युद्धसमेत भयो । युद्धकै क्रममा ब्रम्हादत्त राजालाई हराएर अरु राजाले सो दाँत हात पारे ।
अन्त्यमा बुद्धका एक अनुयायीले उक्त दाँत राजाको दरबारबाट चोर्न सफल भए र त्यसलाई श्रीलंका पुर्याए । त्यस समयमा श्रीलंकाको राजधानी क्यान्डी सहरमा थियो । त्यहाँका राजाले बुद्धका अनुयायीले ल्याएको बुद्धको दाँत राख्नका लागि विशाल मन्दिर बनाए र सोही भव्य मन्दिरमा बुद्धको दाँत स्थापित गरे ।

सन् १६०३ मा पोर्चुगिसहरुले श्रीलंकामा आक्रमण गरी उक्त बुद्धको दाँत लुटेका थिए । तर पछि सो दाँत क्यान्डी नै फर्काइयो र एउटा बाकसभित्र हालेर सोही मन्दिरमा राखियो । भगवान बुद्धको दाँतको दर्शनका लागि हरेक वर्ष हजारौँ मानिसहरु उक्त मन्दिरमा आउँदछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९ ग्राम लागूऔषधसहित सात जनालाई पक्राउ गरेको छ । नेपालगन्ज

काठमाडौँ, १ असोज । सडक भास्सिएर काठमाडौँसँग सडक सञ्जाल नै टुटेको पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर क्षेत्रमा नयाँ ट्र्याक निर्माण गरिएपछि राजमार्ग

काठमाडौँ, १ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १ असोज । आज असोज १ गते, देशभर विभिन्न यन्त्र, औजार, प्रविधि तथा सवारीसाधनको पूजाआजा गरी भगवान् विश्वकर्माको आराधनासहित