मापसे गरेर साइकल चलाउँदा जेल जानुपर्छ

एजेन्सी । जापान कडा कानून, अपराध नियन्त्रण तथा रोकथाम गर्ने नीति नियम तथा शिक्षा र चेतनाकै कारण जापान सुरक्षित देश बनेको छ ।

जापानमा मादक पदार्थ सेवन गरेर साइकल पनि चलाउन पाइँदैन । यदि कसैले रक्सी पिएर साइकल चलाएको पाइएमा जरिमाना तथा कैद सजायसमेत भोग्नु पर्दछ । हेडफोन कानमा लगाएर साइकल चलाउन, साइकल चलाउँदा फोनमा कुरा गर्न तथा पानी परेको बेला छाता ओडेर साइकल चलाउन पनि पाइँदैन ।

जापानमा रेलभित्र साइकल लैजान पनि पाइँदैन । ब्रेक बिग्रिएको साइकल चलाएको पाइएमा ५० हजार जापानी येन जरिमाना तिर्नुपर्दछ । यदि कसैले रक्सी पिएर साइकल चलाएको पाइएमा पाँच वर्षसम्म कैद र १० लाख येन जरिमाना तिर्नुपर्दछ ।

त्यस्तै पानी परेको बेला छाता ओडेर साइकल चलाएको पाइएमा तथा फोनमा कुरा गर्दै वा गीत सुन्दै साइकल चलाएको पाइएमा ५० हजार येनसम्म जरिमाना हुन सक्दछ । एउटा साइकलमा दुईजना चढ्न पनि बन्देज छ जापानमा । यदि एउटा साइकलमा दुईजना चढेको भेटिएमा २० हजार येनसम्म जरिमाना हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । आयरल्यान्ड ‘ए’ ले पहिलो टी–२० क्रिकेटमा घरेलु टोली नेपाललाई जितका लागि दुई सय २३ रनको विशाल

काठमाडौँ, १५ चैत । नेपाल ‘ए’ क्रिकेट टिमले आज आयरल्यान्ड वुल्भ्सविरुद्ध टी-२० सिरिजको पहिलो खेल खेल्दै छ । टियु मैदानमा हुने

काठमाडौँ, १४ चैत । नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी महिला एसिया कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)

काठमाडौँ, १३ चैत । आयरल्यान्ड वुल्भ्सविरुद्ध दोस्रो ट्वान्टी–२० खेल नेपालले ७१ रनले जितेको छ । योसँगै नेपाली सिनियर टिमले आयरल्यान्ड