एजेन्सी । अमेरिकाको सनफ्रान्सिस्कोमा एकजना महिलाले आफ्नो हराएको कुकुर खोज्न हवाईजहाज नै भाडामा लिएकी छिन् ।
एमिली नामकी महिलाले पालेको नीलो आँखा भएको ज्याक्सन नामको अस्ट्रेलियन शेर्फड नामको कुकुर गत डिसेम्बर १५ का दिन एउटा किराना पसलबाट हराएको थियो । कुकुर खोज्नका लागि उनले धेरै प्रयास गरिन् तर अहिलेसम्म पनि फेला परेको छैन ।
यताउता कतै खोज्दा पनि कुकुर नभेटिएपछि एमिलीको परिवारले १९ डिसेम्बरमा झण्डै सबा लाख रुपैयाँ बराबरको रकम तिरेर हवाईजहाज नै भाडामा लिए । १० डिसेम्बरका दिन उक्त जहाज सनफ्रान्सिस्को र अकल्याण्डको आकाशमा उडाएर सहरका गल्ली-गल्लीमा कतै कुकुर देखिन्छ कि भनेर खोजे । तर कुकुर भेटिएन ।
उनीहरुले हराएको कुकुर खोज्नका लागि www.bringjacksonhome.com नामक वेबसाइट नै तयार गरे र त्यसमा हराएको कुकुरबारे सबै जानकारी दिँदै कुकुर फेला पारेर बुझाइदिनेलाई लाखौँ पुरस्कारको घोषणा गरे । आफ्नो कुकुर फेला परिदिनेलाई ७ हजार डलर पुरस्कार दिने उनको घोषणा छ । उक्त कुकुरको तौलो १३ किलो छ भने कुकुर कालो, सेतो र खैरो रङका मिश्रति भुत्ला भएको छ । सो कुकुरको टिन्डर अकाउन्ट पनि रहेको छ ।