काठमाडौँ, ११ कार्तिक । भाइ टिकाको दिन चेलीले माइतीलाई दिइने मसलालाई भाई मसला भनिन्छ ।
यसमा काजु, किसमिस, ओखर, छोगडा, नरिवललगायत हुन्छन् । आफ्ना माइतीको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै चेलीले भाई मसलासहित थरीथरीका परिकार दिने गर्छन् ।
यो मसला बड़ी सेवन गरेमा स्वास्थ्यमा हानी पुर्याउँने गर्दछ :
१.ड्राइ पफ्रुट्सको सेवनले स्वास्थ्यलाई धेरै फाइदा पनि हुन्छ । बढि सेवन गर्नाले ग्याष्ट्रिक, कब्जियत, डायरिया तथा पेटसँग जोडिएका अन्य समस्या पैदा हुन सक्छन् ।
२. ड्राइ पफ्रुट्स अधिक मात्रामा सेवन गरियो भने यसले अतिरिक्त मात्रामा क्यालोरी दिन्छ र वजन घट्नुको साटो बढेर जान्छ ।
३. ड्राइ पफ्रुट्समा चिनी अत्यधिक मात्रामा हुन्छ जसले ब्लड सुगर र डाइबिटिजका बिरामीहरुका लागि हानीकारक हुन सक्छन् ।
४. ड्राइ पफ्रुट्स खाँदा मुख र दाँतमा टाँसिन्छ र ब्याक्टेरिया पैदा गर्छ । यसले दाँत बिग्रिन सक्छ ।
५. ड्राइ फुड्सको अत्यधिक प्रयोगले टाउको दुख्ने वा टाउको भारी हुने समस्या पनि उत्पन्न हुन सक्छ ।






