काठमाडौँ, ९ कात्तिक । बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको ग्राण्डी इन्टरनेशनल हस्पिटलमा एन्जियोप्लास्टी गरिएको छ ।
मुटुको एउटा धमनीमा ९९ प्रतिशत व्लकेज भएपछि उनको गत विहीबार एन्जियोेप्लास्टी गरिएको हो । उनी आजै अस्पतालबाट डिस्चार्ज भएका छन् ।
छाती दुखेर ग्राण्डी अस्पताल आएका श्रेष्ठको मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो । सो क्रममा एउटा धमनीमा ९९ प्रतिशत ब्लकेज भएको पाइएपछि उनको एन्जियोप्लास्टी गरिएको हो ।
अस्पतालका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेले समयमै अस्पताल आएकाले ठूलो समस्या हुन नपाएको बताए ।






