कलाकार मदनकृष्ण श्रेष्ठको मुटुमा स्टेन्ट राखियो

काठमाडौँ, ९ कात्तिक । बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको ग्राण्डी इन्टरनेशनल हस्पिटलमा एन्जियोप्लास्टी गरिएको छ ।

मुटुको एउटा धमनीमा ९९ प्रतिशत व्लकेज भएपछि उनको गत विहीबार एन्जियोेप्लास्टी गरिएको हो । उनी आजै अस्पतालबाट डिस्चार्ज भएका छन् ।

छाती दुखेर ग्राण्डी अस्पताल आएका श्रेष्ठको मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो । सो क्रममा एउटा धमनीमा ९९ प्रतिशत ब्लकेज भएको पाइएपछि उनको एन्जियोप्लास्टी गरिएको हो ।

अस्पतालका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेले समयमै अस्पताल आएकाले ठूलो समस्या हुन नपाएको बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । प्रहरीले काठमाडौँ जिल्लाको विभिन्न ठाउँबाट ८७ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार

काठमाडौँ, १० कार्तिक ।कास्कीको धम्पुसमा एक युवक मृत फेला परेका छन् । माछापुच्छ्रे गाउँपालिका ७ धम्पुस स्थित घिप्लेमा एक युवक

काठमाडौँ, १० कार्तिक । चितवनको ईच्छाकामना–४ धारापानी स्थित पृथ्वी लोकमार्गमा ट्रक, बस र माइक्रो एक–आपसमा ठोक्किएर दुर्घटना भएको छ । प्रहरीका

काठमाडौँ, १० कार्तिक । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको घुमुवा भएको भन्दै भन्सार छलीका सामान पास गराइदिने प्रलोभन