आज र भोलि भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइँदै

काठमाडौँ, ३ कार्तिक । देशभरका ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ ।

६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भने जुकाको औषधिसमेत खुवाइने छ । ६ देखि दुई वर्षसम्मका बालबालिकाहरुलाई सुक्ष्म पोषकतत्व ‘बालभिटा’ पनि वितरण गरिने योजनासमेत छ ।

स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखा पोषण शाखाका अनुसार पहिलो चरणअन्तर्गत ७५३ वटै स्थानीय निकायका ६ महिनादेखि ५ वर्षसम्मका २७ लाख बालबालिकालाई भिटामिन ए र पाँच वर्षसम्मका २४ लाख बालबालिकालाई जुकाको औषधि ९अलबेन्डाजोल० खुवाउने कार्यक्रम रहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । प्रहरीले काठमाडौँ जिल्लाको विभिन्न ठाउँबाट ८७ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार

काठमाडौँ, १० कार्तिक ।कास्कीको धम्पुसमा एक युवक मृत फेला परेका छन् । माछापुच्छ्रे गाउँपालिका ७ धम्पुस स्थित घिप्लेमा एक युवक

काठमाडौँ, १० कार्तिक । चितवनको ईच्छाकामना–४ धारापानी स्थित पृथ्वी लोकमार्गमा ट्रक, बस र माइक्रो एक–आपसमा ठोक्किएर दुर्घटना भएको छ । प्रहरीका

काठमाडौँ, १० कार्तिक । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको घुमुवा भएको भन्दै भन्सार छलीका सामान पास गराइदिने प्रलोभन