स्तन क्यान्सर सचेतना महिना : “क्यान्सरको उपचार स्वदेशमै गर्न विरामी र डाक्टरको सुझाव”

ललितपुर, १ कार्तिक । क्यान्सरलगायतको रोगको उपचारको लागि स्वदेशका अस्पताल नै उपयुक्त थलो भएको चिकित्सक र उपचारपछि निको भएका क्यान्सर रोगीहरुले बताएका छन् ।

स्तन क्यान्सरको जोखिमबारे सचेतना बढाउने उद्देश्यले अक्टोबर महिनालाई स्तन क्यान्सर सचेतना महिनाका रुपमा मनाउने क्रममा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धिमा क्यान्सर विशेषज्ञ र क्यान्सर निको भएकाहरुले सो कुरा बताएका हुन । अक्टोबरलाई स्तन क्यान्सरको पहिचान, निदान र रोकथाम गर्न सन्देश फैलाउने काम गरिन्छ ।

‘स्वेदशमा उपचार गर्दा डाक्टरले विरामीको पीडा बुझेर आफ्नै भाषामा उपचार गर्छन, तर विदेशका डाक्टरले उपचार मात्रै गर्छन’ नेपाल क्यान्सर सहयोग समूहका महासचिव शशांक शर्माले भने ‘क्यान्सररोग औषधिले मात्रै निको हुँदैन, वैज्ञानिक र सामाजिक प्रभावले पनि ठुलो असर गर्छ ।’

सुदिप्त ब्रेष्ट क्यान्सर सर्भाईभर मिटको अवसरमा वरिष्ठ स्त्री तथा प्रसुतीरोग विशेषज्ञ डा. कस्तुरी मल्लले आफुलाई १८ वर्ष अघि स्तन क्यान्सर भएर उपचारको लागि भारतका अस्पताल धाउनुपरेको उल्लेख गर्दै अहिले क्यान्सर निको भएर सकृय जीवन विताईरहेको बताइन । शुरुको अवस्थामै स्तन क्यान्सरको पहिचान भई समयमै उपचार पाएमा पुर्णरुपमा निको हुने पनि डा. मल्लले बताइन ।

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका कार्यकारी अध्यक्ष एवम् वरिष्ठ क्यान्सररोग विशेषज्ञ डा. सुदिप श्रेष्ठले क्यान्सररोगीका सामाजिक, आर्थिक, सामाजिक र मानसिक समस्या एक आपसमा आदानप्रदान गर्न अस्पतालले हरेक महिना क्यान्सरको उपचार गराईराखेका र निको भएकाहरुको मासिक भेटघाटको अवसर जुटाएको बताए ।

क्यान्सर रोगीको लागि अत्यावश्यक औषधि बेला बेलामा अभाव हुने गरेको गुनासो गर्दै डा. श्रेष्ठले यस्ता औषधिको नियमित आपूर्ति गर्नुपर्ने सरकारसंग माग गरे ।

अस्पतालका वरिष्ठ स्तन क्यान्सर विशेषज्ञ डा. कपेन्द्र शेखर अमात्यले स्तन क्यान्सरबाट हुनसक्ने मृत्युबाट बच्नको लागि समयमै रोग पत्ता लगाउने र विशेषज्ञबाट उपचार गराउनुपर्ने बताए । नेपालमा स्तन क्यान्सरलगायत विभिन्न क्यान्सरका रोगीको संख्या बढ्दै गएको बताउँदै बढ्नुको कारणबारे भने सरकारले समयमै अनुसन्धान गर्नुपर्ने बताए ।

नेपाल क्यान्सर सहयोग समूहकी कार्यक्रम संयोजक स्वरुपा श्रेष्ठले क्यान्सर विरुद्ध सबैको ऐक्यवद्धता आवश्यक रहेको बताइन ।

कार्यक्रममा आफूलाई क्यान्सर भएर निको भएतापनि अन्य क्यान्सररोगीको लागि सहयोग गर्दै आएका सुनिता चापागाई र रोज श्रेष्ठका साथै डा. कस्तुरी मल्ललाई स्वरुपा श्रेष्ठले सम्मान गरीन भने स्तन लगायत अन्य क्यान्सररोगको उपचार गरि निको भएक र उपचारका क्रममा रहेका क्यान्सररोगीलाई खादा लगाएर सम्मान गरिएको थियो ।

सोही अवसरमा आयोजना गरिएको चन्दा संकलन कार्यक्रममा सो अस्पतालमा क्यान्सरको उपचार गराईरहेकी शोभा ओलीलाई उपचार सहयोग स्वरुप ३० हजार रुपैयाँ संकलन गरि हस्तान्तरण गरिएको थियो । कार्यक्रममा समूहका कोषाध्यक्ष गणेशभक्त श्रेष्ठले पनि बोलेका थिए ।

यसै अवसरमा स्तन क्यान्सर सचेतना अभियानलाई व्यापक बनाउन नेपाल क्यान्सर अस्पताल परिसरमा द्विप प्रज्ज्वल गरिएको थियो भने उनीहरुलाई सहभागी गराई कात्तिक ८ गते शनिबार खोकनामा हाइकिंग आयोजना गर्न लागिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनुषा, ७ वैशाख । धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५

दाङ, ७ वैशाख । दाङमा आगलागी परेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ९, तरुलियामा ८७

ताप्लेजुङ, ७ वैशाख । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।  पाथीभरा क्षेत्र विकास

काठमाडौँ, ७ वैशाख । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न तहमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज सार्वजनिक