भाइरल ज्वरोका बिरामी बढ्दै

काठमाडौँ, ८ असोज । नुवाकोटमा भाइरल ज्वरो र टाइफाइडका बिरामी बढेका छन् ।

नुवाकोटको त्रिशूली अस्पताल लगायत अन्य स्वास्थ्य संस्थामा रुघाखोकी र भाइरल ज्वरोका बिरामी बढ्दै गएको स्वास्थ्यकर्मीले जनाएको छ ।

मौसम परिवर्तनसँगै संक्रमण बढेको हो । भाइरलबाट सबैभन्दा बढी बालबालिका र वृद्ध प्रभावित छन् । दुई सयभन्दा बढी बिरामीमध्ये ६० प्रतिशत बढी भाइरल ज्वरोका भएको अस्पतालले जनाएको छ ।

हल्का ज्वरो आउने, टाउको, घाँटी, हातखुट्टा दुख्ने, रुघाखोकी लाग्ने, वाकवाकी हुने, जीउ दुख्नेलगायत लक्षण भएका बिरामीको सङ्ख्या प्रतिदिन बढ्दै गएको अस्पतालले जनाएको छ  ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ कार्तिक । विश्व भोकमरी सूचकांक (जीएचआई), २०२६ को प्रतिवेदनले नेपालको अवस्था विगत वर्षभन्दा केही सुध्रिएको देखाएको छ।  भोकमरी

म्याग्दी, ८ कार्तिक । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

काठमाडाैँ, ७ कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधव कुमार नेपालले मुलुकको राष्ट्रियताप्रति कुनै किसिमले आघात पुर्‍याउने काम

काठमाडौँ, ७ कार्तिक । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेकाले