सरकारी अस्पतालको ओपीडी सेवा निःशुल्क

काठमाडौँ, ३१ भदौ । आउँदो असोज २ गते देशभरका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाले निःशुल्क सेवा प्रवाह गर्ने भएका छन् ।

असोज ३ मा पर्ने संविधान दिवस भव्यताका साथ मनाउने निर्णय गरेको स्वास्थ्य मन्त्रालयले त्यसको अघिल्लो दिन आफू मातहतका अस्पताल तथा स्वास्थ्य संस्थाको बहिरंग ९ओपीडी० सेवाको टिकट निःशुल्क गर्न लागेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफूअन्तर्गतका संघीय अस्पताल तथा स्वास्थ्य संस्थाहरूबाट ०७६ असोज २ का दिन ओपीडी सेवाको टिकट निःशुल्क हुने जनाएको छ । यसका लागि सम्बन्धित सबैलाई सर्कुलर गरिसकेको मन्त्रालयको भनाइ छ ।

मन्त्रालयका अनुसार, ओपीडी निःशुल्क भए पनि अन्य सेवा भने पूर्ववत् प्रवाह हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्