डेंगु परीक्षणमै समस्या

काठमाडौँ, २६ भदौ । पछिल्लो साता देशभर डेंगुको त्रास फैलिएको छ । यति बेला चिकित्सकदेखि नेता, मन्त्री र सर्वसाधारण डेंगुका कारण एउटै मात्र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्टको पर्खाइमा छन् ।

प्रयोगशालामा जनशक्ति र उपकरण न्यून भएका कारण रिपोर्ट आउन ढिला हुनेदेखि अनेकौं समस्या बाहिर आएका छन् । नेपालमा यति बेला ६१ जिल्लामा डेंगु देखिएको र त्यसमध्ये ५६ जिल्लामा प्रमुख जनस्वास्थ्य समस्याका रूपमा रहेको छ । रोग नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालय तथा सरकारको समयमै ध्यान नपुगेको भन्दै संसद्मा समेत कडा आलोचना भइरहेको छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गत रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो एक महिनाको बीचमा झन्डै ५ हजारको हाराहारीमा डेंगु संक्रमित बिरामी परीक्षणमा आइसकेका छन् । ६ जनाको मृत्युसमेत भइसकेको छ, यसमा महाशाखाले चार जनाको प्रमाणित भएको र दुई जनाको भइनसकेको बताएको छ ।

डेंगु रोगका विशेषज्ञसमेत रहेका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार यति बेला अस्पतालको बेडमा बिरामी राख्ने ठाउँ नभएकाले बाहिर ग्यारेजदेखि पालमुनि समेत बिरामी राखेर परीक्षण गरिएको छ । जनशक्ति कम भएकाले विभागसँग माग गरी काम गरिएको उहाँले बताउनुभयो । यो खबर आजको नेपाल समाचारपत्रले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को पहिलो खेलमा लुम्बिनी लायन्सले सहज जित हासिल गरेको छ

काठमाडौँ, ९ कार्तिक । फुटबल प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई नगदको सट्टा अलैँची पुरस्कार प्रदान गरिने भएको छ ।  ताप्लेजुङको

काठमाडौँ, ९ कार्तिक । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपाल प्रिमियर लिग (एनपीएल) केही वर्षमै नेपाली खेलकुदको ठूलो उत्सवका रूपमा स्थापित भएको

काठमाडौँ, ९ कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण आजदेखि काठमाडौँमा सुरु हुँदैछ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा