नेपालमा बर्ड फ्लु भाइरसका कारण एकको मृत्यु, सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ, १९ वैशाख । बर्ड फ्लुको भाइरस नेपालमै पहिलो पटक मानिसमा देखिएको छ ।  उक्त भाइरसका कारण एकको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयले आज पत्रकार सम्मेलन गरि काभ्रेका २१ वर्षीय एक युवकको बर्ड फ्लु भाइरस संक्रमणबाटै मृत्यु भएको जनाएको छ ।

बर्ड फ्लु संक्रमण भएपछि उपचारका लागि अस्पताल भर्ना भएका ती युवकको वैशाख १५ गते मृत्यु भएको स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले बताइन् । ती युवकको बर्ड फ्लुबाट मृत्यु भएको पुष्टि यही मंगलबार भएको हो।

कुखुरामा पटक पटक देखिएको बर्ड फ्लु नेपालमा पहिलोपटक मानिसमा पनि देखिएपछि उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ  ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटिएको जनाएको छ ।

काठमाडौँ, ८ बैशाख । गुगलले नयाँ फिचर ल्याएको छ लामो समयदेखि । अहिले गुगलले आफ्नो गुगल मेसेजेजको लागि धेरै सुविधाहरू

काठमाडौँ, ८ बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान गरेको छ ।   नेपाल

काठमाडौँ, ८ बैशाख । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका